काठमाडाैं/ जेम्स बान्ड सिरिजको चौथो फिल्म ‘थन्डरबल’की हलिउड अभिनेत्री क्लाउडिन एगरको निधन भएको छ ।७८ वर्षीया फ्रेन्च अभिनेत्री एगरको पेरिसमा निधन भएको हो ।
उनले सन् १९५७ मा मिस सिनेमाण्डको अवार्ड जित्नुका साथै १९५८ मा मिस वल्र्ड रनरअप भएकी थिइन् । १९९७ मा रिलिज भएको फ्रेन्च फिल्म ‘द रेड एन्ड ब्ल्याक’ उनको अन्तिम फिल्म थियो ।
क्लाउडिनले १९५८ मा ‘क्रिस्टिन’ फिल्मबाट करियर शुरू गरेकी थिइन् । फिल्म निर्देशक पियरे गस्पर्डसँग उनी वैवाहिक सम्बन्धमा थिइन् ।
जेम्स बान्ड सिरिजमा अनुबन्ध हुने क्लाउडिन पहिलो फ्रेन्च अभिनेत्री थिक्ष्न् । हलिउडमा उनले टेरेन्च, यंगको ‘ट्रिपक क्रस’, ‘द मेमोयर्स अफ सर्लोक होम्स’मा पनि अभिनय गरेकी थिइन् ।
जेम्स बान्ड सिरिजको २५ औं फिल्म ‘नो टाइम टु डाई’ २०२० को अप्रिलमा प्रदर्शनीको लागि तयार छ । अन्नपूर्ण पोस्टमा खबर छ ।




