स्पेनको एक टीभी पत्रकारले लटरी जितेको थाहा पाएपछि लाइभ कार्यक्रम चल्दै गर्दा जागिरबाट राजीनामा दिने बताएकी छन् । तर पछि गएर उनलाई थाहा भयो, जितेको रकम त थोरै पो रहेछ ।

आरटीभीईकी रिपोर्टर नतालिया एस्कुदेरो लाइभ चल्दै गर्दा लटरी जितेको थाहा पाएपछि खुशीले चिच्याइन् । चिच्याएपछि उनले दर्शकहरूसँग माफी मागिन् । उनले आफ्ना सहकर्मीहरूलाई भोलिदेखि आफू काममा नआउने बताइन् । उनलाई ४० लाख युरो जितेको जस्तो लागेछ ।

घटनाको फूटेजमा एस्कुदेरो खुशीले उफ्रेको र हावामा मुट्ठी उज्याएको देखिन्छ । क्रिसमसको लटरी परिणामको घोषणा हुँदै गर्दा उनको नम्बर पनि घोषणा भएपछि उनी खुशी भएकी थिइन् ।
प्रसारणकै क्रममा उनले सहकर्मीहरूलाई अब आफू काममा नआउने बताएकी थिइन् । तर उनले जम्मा ५ हजार युरो जितेको थाहा पाएपछि तत्कालै गल्ती महसूस गरिन् । पहिलोपटकको प्रसारणपछि एस्कुदेरो क्यामरामा फेरि देखिइन् र आफ्नो ओठ बन्द गरेको संकेत गरिन् ।

उनले आरटीभीईका दर्शकहरूसँग माफी माग्दै आफूले भावनात्मक व्यवहार देखाएको र व्यावसायिक धर्म निर्वाह नगरेको स्वीकार गरिन् ।

उनले ट्वीट गर्दै आफू विगत २५ वर्षदेखि पत्रकारका रूपमा गौरवशाली र कठोर मेहनतका साथ काम गरिरहेको बताइन् । आफू विगत केही महिनादेखि अप्ठ्यारो समयको सामना गरिरहेको र कामबाट केही समयका लागि छुट्टी लिन लागेको पनि बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah