काठमाडाैं/ मोन्टेनेग्रोका विपक्षी दलका नेतालाई पक्राउ गरिएको छ । संसदमा नाटकीय र हिंसात्मक क्रियाकलाप गरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको अधिकारीले जनाएका छन् ।

धार्मिक स्वतन्त्रतासम्बन्धी विवादास्पद कानून पारित भएपछि उनले संसदभित्र विरोध तथा प्रदर्शन गरेका थिए । नयाँ कानूनमा समावेश गरिएको चर्चासम्बन्धी विषयलाई लिएर मोन्टेनेग्रोको सरकार पक्ष र विपक्षबीच विवाद चर्कंदै गएको छ ।

संसदमा बिहीवार विवाद भएकोमा राति अबेरसम्म पनि साम्य भएको थिएन । विपक्षी दल डेमोक्र्याटिक फ्रन्टका सांसदले विवादास्पद कानून पारित नगर्न दबाब दिएका थिए ।

विधेयकमा विपक्षीलाई संशोधन प्रस्ताव दर्तासमेत अस्वीकृत भएपछि उनीहरूले संसदको बैठक कक्षमै माइक तोडफोड गर्ने, अरू पार्टीका नेतालाई भौतिक आक्रमण गर्ने लगायतका हिंसात्मक गतिविधि गरेका थिए ।

नियन्त्रणमा लिइएका विपक्षी नेता मिलान क्नेजेभिक र अन्द्रिजा मान्डिकलाई शुक्रवार बिहान छाडिएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah