काठमाडाैं/ फूटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले काजाखास्तानमा गोडाविनै जन्मेका एक किशोरसँग फूटबल खेलेका छन् ।

अली तुर्गानबेकोभ नामक ती बालक राजधानी नुर सुल्तानमा बस्छन् । उनी गोडाविना नै जन्मेका थिए तर त्यसले उनको फूटबलप्रतिको अनुरागलाई छेकेन । उनी सक्रिय रूपमा फूटबल खेल्छन् ।

दुबईमा आफ्ना आदर्श खेलाडी रोनाल्डोलाई भेटेपछि अलीले खुशी लुकाउन सकेनन् ।अलीको इन्स्टाग्राम अकाउन्टमा १ लाख ५८ हजार फलोअर छन् । उनले फूटबलका अन्य महान् खेलाडीहरू जाभी र इकेर कासियाससँग पनि तस्वीर खिचाएका छन् ।

तर रोनाल्डोलाई भेट्न पाउँदाको उनको उत्साह बेग्लै देखियो । रोनाल्डो ढोकाबाट पस्नेबित्तिकै उनले उनीसँग फूटबल खेल्न थालिहाले ।

अलिकति खेलेपछि अली रोनाल्डो भएतिर पुगे अनि उनलाई अंगालो हाले । त्यसपछि युभेन्टस क्लबका स्टार रोनाल्डोले अलीसँग फोटो खिचाए अनि खेलेको बलमा आफ्नो हस्ताक्षर दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah