एजेन्सी/ रातभरि मोबाइल फोनमा गेम खेल्दा एक जनाको एउटा आँखाको दृष्टि गुमेको छ ।
चिनका एक व्यक्ति उनले रातभरि मोबाइल फोनमा गेम खेल्ने बानी पारेपछि एउटा आँखाको दृष्टि गुमेको अस्पतालले जनाएको छ ।ती व्यक्तिले सानो स्क्रीनमा नसुती रातरातभरि मोबाइल हेरेर बिहान उठ्दा देब्रे आँखाले हेर्न नसकेको चिकित्सकहरूले बताए ।
ती व्यक्तिको रेटिनामा रहेको रक्तनली फुटेपछि आँखामा रक्तश्राव भएको चिकित्सकहरूले बताए ।यस्तो रोग बढी शारीरिक श्रम पर्दा हुन्छ । जसलाई ‘भाल्साल्भा रेटिनोप्याथी‘ भनिन्छ ।
यो रोग भएकाहरूले धमिलो देख्ने, आंशिक दृष्टि गुमाउने वा पूरै दृष्टि गुमाउने समस्या पनी आउँछ ।व्यक्तिले रातभरि खेलेर पनि नपुगेपछि बिहान खेल्न खोजेको पाँच मिनेटमै दृष्टि गुमाउन पुगेका उनको नाम नखुलाइएको छैन ।
उनले आफैं देख्न नसकेपछि शेनझेन सोङगाङ अस्पताल लगिएको थियो ।चिकित्सकहरूले उनलाई लेजर सर्जरी गरेका छन् र एक महिनाभित्र उनी ठीक हुने अपेक्षा गरेका छन् ।



