मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ, तापनि, सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ, गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,आजको शुभ अंक ८ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
परिवारमा आमाको सहयोगबाट काम सम्पादन हुन सक्छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ,आजको शुभ अंक १० रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ,तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,आजको शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ,सोचेको लाभ नमिल्न सक्छ,तापनि दिन मनोरञ्जनपूर्ण रहनेछ, नयाँ ज्ञान सिक्ने मौका छ,पढाइमा प्रगति हुनेछ, व्यवसायका लागि यात्रा सम्भावना छ,आजको शुभ अंक ४ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ,व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ, कीर्तिमानी काम गर्ने समय छ,धेरै लगानीपछि कममात्र फाइदा हुनेछ, समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला,आजको शुभ अंक ९ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ,पशुधन र जमिनबाट पनि सामान्य लाभ होला,तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला,आजको शुभ अंक ११ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ, आम्दानी बढ्नेछ,विगतका कर्मको उचित प्रतिफल पाइनेछ, अतिथिका रूपमा सम्मान पाइने समय छ,रमाइलो यात्राको समेत मौका छ,आजको शुभ अंक २ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ, आश्वासन दिनेहरूले झुक्याउन सक्छन्,रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुटन सक्छ,आजको शुभ अंक १० रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
स्वादिष्ट भोजनको आनन्द समेत पाइएला, मुद्दा–मामिलामा विजयी भइनेछ,व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ,भाग्य बलवान् भएकाले अरूको हातमा गइसकेको धन फिर्ता हुन सक्छ,आजको शुभ अंक १ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
शत्रुहरू किनारा लाग्नेछन्, प्रतिस्पर्धामा पनि विजयी भइनेछ,सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्,अप्रिय समाचारले दुःखी बनाउन सक्छ, पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला,आजको शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बाध्यतापूर्ण काममै समय बित्न सक्छ,लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्,आजको शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
यथार्थमा लाभ भने कमै मिल्नेछ,कमजोरीले चिन्ता बढाउन सक्छ,बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ,अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला,आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,आजको शुभ अंक ५ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah