मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ,मन पर्ने वस्त्र,व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, ठूला व्यक्तिबाट काममा बाधा हुनेछ,भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ,आजको शुभ अंक ९ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आतिथ्यपूर्ण सम्मान पाइएला,प्रेम र मित्रताको बन्धन कसिने बेला छ,व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ,व्यावसायिक यात्रा सम्भावना छ, स्वादिष्ट भोजनको आनन्द समेत पाइएला, मुद्दा–मामिलामा विजयी भइनेछ,आजको शुभ अंक १ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
तापनि, सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,महत्वाकांक्षी योजना फलीभूत होलान्,आजको शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला,आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला,केही दण्ड–जरिवाना पनि सम्भावना छ,जिम्मेवारी भने बढिरहनेछन्,बाध्यतापूर्ण काममै समय बित्न सक्छ,आजको शुभ अंक ६ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
उत्साहमा अलि कमी आउला,स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला,धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,पारमा पनि प्रशस्त फाइदा हुनेछ,आजको शुभ अंक ८ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नयाँ ज्ञान प्राप्त हुने योग छ,पढाइमा प्रगति हुनेछ, आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,पारिवारिक जमघटमा मन रमाउनेछ,मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ,शत्रुहरू किनारा लाग्नेछन्, आजको शुभ अंक ३ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
व्यवसायमा लगानी बढाउनुपर्ला,समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्,स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,आजको शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुटन सक्छ,गोपनीयतामा ध्यान पुर्याउनुहोला,ठूलै फाइदाको आश्वासन पनि पाइनेछ,तर यथार्थमा लाभ भने कमै मिल्नेछ,कमजोरीले चिन्ता बढाउन सक्छ,आजको शुभ अंक ५ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,काम बिग्रने डरले पनि सताइरहनेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,परिवारमा आमाको सहयोगबाट काम सम्पादन हुन सक्छ,आजको शुभ अंक १० रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ,प्रशस्त धन आर्जन गर्ने मौका छ,पढाइमा प्रगति हुनेछ,आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,आजको शुभ अंक ११ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ, महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ, साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ, अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,आजको शुभ अंक ४ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला,व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला, बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,आजको शुभ अंक १० रहेको छ।



