काठमाडौं / नेपाली कथानक चलचित्र ‘इन्काउन्टर’को गीत ‘बारूली बारूली’ सार्वजनिक गरिएको छ ।

काठमाडौंको अनामनगरस्थित पाना क्याफेमा बिहीबार आयोजित समारोहमा आइटम गीत ‘बारूली बारूली’ सार्वजनिक गरिएको हो ।

गीत ओएसआर डिजिटलबाट वल्र्डवाइड रिलिज गरिएको छ । समारोहमा प्रमुख अतिथि अग्रज पत्रकार ऋषि धमलाले औपचारिक रूपमा गीत रिलिज गरेका हुन् ।

कार्यक्रममा पत्रकार धमलाले भ्रष्टाचारीहरूलाई कानूनी दायरामा ल्याउन प्रेरित गर्ने सन्देशसहितको फिल्म निर्माण गर्न निर्माताहरूलाई आग्रह गरेका छन् । ‘इन्टाउन्टर चलचित्रले दर्शकको मन जित्न सफल हुने मेरो विश्वास छ, नेपाली सिने जगतमा यो फिल्मले नयाँ सन्देश र नयाँ मानक स्थापित गर्छ भन्ने मेरो आशा र बिश्वास हो,’ धमलाले भने ।

फिल्मका कार्यकारी निर्माता कुमारप्रसाद ओझाले फिल्म इन्काउन्टर नेपाली चलचित्र क्षेत्रका लागि नयाँ प्रयोग हुने बताउँदै नवीनतम् सन्देश र संकल्पसहितको फिल्म निर्माणमा आफ्नो टिम लागेको उल्लेख गरे ।‘आमा फिल्मपछि नेपाली चलचित्र उद्योगमा कयौं फिल्म बने, हजारौं कथाहरू लेखिए, तर पृथक फिल्म निर्माण गर्न नसकेको आरोपबाट इन्डस्ट्री मुक्त भएन,’ ओझाले भने, ‘त्यही गुनासो सम्बोधन गर्नकै लागि हामीले इन्काउन्टर फिल्म निर्माण गरेका हौं ।’

आइटम गीतमा सूर्यकमल राईको संगीत रहेको छ भने शब्द लेखन नारायण नेपालको रहेको छ । कार्यक्रममा चर्चित अधिवक्ता स्वागत नेपालले फिल्म ‘इन्काउन्टर’को सफलताका लागि शुभकामना व्यक्त गरेका थिए । उनले राष्ट्रियताका सवालमा यो चलचित्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार ब्यक्त गरे ।
कलाकार विपना बस्नेत, दिनेश खड्का, राजन गुरुङ लगायतले फिल्मका विविध पक्षको समीक्षा गरेका थिए ।

गीतमा मीना निरौलाको स्वर रहेको छ । फिल्मको लेखन तथा निर्देशन नरेन्द्र भट्टराई (एनबी अञ्जान) ले गरेका हुन् । चलचित्रमा सहनिर्माता कविभक्त क्षेत्री र देवराज प्रसाई रहेका छन । चलचित्र चैत १४ गतेबाट देशभर एकसाथ प्रदशनमा आउदैछ 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah