मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,मन पर्ने वस्त्र,अलंकार आदि उपहार पाइने योग छ,आजको शुभ अंक ३ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पशुधन र जमिनबाट पनि सामान्य लाभ होला, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला,परिवारमा आमाको सहयोगबाट काम सम्पादन हुन सक्छ,लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,आजको शुभ अंक १० रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू पछि हट्न सक्छन्,श्रम गरीकन कम मूल्य प्राप्त हुने समय छ, कमजोरीले चिन्ता बढाउन सक्छ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला, मुद्दा–मामिलामा विजयी भइनेछ,आजको शुभ अंक १ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ,धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,आजको शुभ अंक ८ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ,कीर्तिमानी काम गर्ने समय छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला, ठूलै फाइदाको आश्वासन पनि पाइनेछ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आजको शुभ अंक ५ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आम्दानी कम भए पनि जीवनसाथीका माध्यमबाट काम बन्न सक्छ,नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,ठूला व्यक्तिबाट काममा बाधा हुनेछ,भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ,आजको शुभ अंक ९ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
लालेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ, महत्वाकांक्षी योजना फलीभूत होलान्,आजको शुभ अंक २ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ, तापनि,सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ,साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ,आजको शुभ अंक ४ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ,आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,आजको शुभ अंक १० रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ,भेटघाटमा अलमलिनाले काममा बाधा, रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुटन सक्छ,आजको शुभ अंक ७ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ,भाग्य बलवान् भएकाले अरूको हातमा पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,आजको शुभ अंक ११ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
बाध्यतापूर्ण काममै समय बित्न सक्छ,विगतका कर्मको उचित प्रतिफल पाइनेछ,कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ,प्रशस्त धन आर्जन गर्ने मौका छ,गोपनीयतामा ध्यान पुर्याउनुहोला,आजको शुभ अंक ६ रहेको छ।



