काठमाडौं । एकसमय नेपाल टेलिभिजनमा चर्चित हास्य टेलिसिरियल ‘हिजो आजका कुरा’ को नाम सापटी लिएर निर्माण भइरहेको फिल्म हो ‘हिजो आजका कुरा’ । साकार पन्तको निर्देशन रहेको यो फिल्म अहिले छायाँकनको अन्तिम चरणमा रहेको छ ।

फिल्मको ‘ए जदौ माया जदौ’बोलको गीत हालै राजधानीको धुम्बाराही स्थित एक पार्टी भेन्युमा छायाँकन गरिएको छ । जसमा दर्जन बढी चर्चित कलाकारले कम्बर मर्काएका छन् ।

गीतमा दीपक शर्माको संगीत र आनन्द अधिकारीको शब्द रहेको उक्त गीतमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिहर शर्मादेखि निर्देशक दीपाश्री निरौला, हाँस्य कलाकारद्वय जीतु नेपाल, केदार घिमिरे, नायिका नम्रता श्रेष्ठ, संगीतकार शम्भुजित बाँस्कोटा, अभिनेत्री गौरी मल्ल, निर्देशक दिनेश डीसीसँगै फिल्मका मुख्य कलाकार सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मालगायतले नृत्य गरेका छन् ।

रामजी लामिछानेको कोरियोग्राफ रहेको उक्त गीत विवाहमा सेलिब्रेटीहरु उपस्थित हुँदाको माहोललाई चित्रण गर्दै छायाँकन गरिएको निर्देशक पन्तले बताए ।

काठमाडौंका ४ परिवारको समस्या, संघर्ष लगायत बिभिन्न पक्ष समेटिएर निर्माण भएको फिल्ममा सन्तोष सन्त र साकार पन्तको कथा, सन्दीप किस्नाको पटकथा रहेको छ ।

रवि सायमीको छायाँकन, हर्कुलस बस्नेतको संगीत रहेको फिल्ममा केकी अधिकारी, ऋचा शर्मा, जेविका कार्कीको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah