प्रेमी वा श्रीमानसँगको सम्बन्धमा रहेका महिलाहरुले छुट्टिनुअघि नै ‘ब्याकअप’ का रुपमा अर्का पुरुष साथी तयार राख्ने गरेको एक अध्ययमा खुलेको छ ।

५० प्रतिशत महिलाहरूले प्रेम सम्बन्धमा रहे पनि आफ्नो प्रेमीसँग छुट्टिनुअघि नै विकल्पका रुपमा अर्का साथी तयार पार्ने गरेको एउटा अध्ययनले देखाएको छ ।

डेली मेलका अनुसार, तत्कालको सम्बन्ध टुटेपनि दोस्रो योजनाअन्तर्गत त्यसपछिका लागि महिलाहरूले दिमागमा पुरुष साथी तयार पार्ने गरेको अध्ययनले जनाएको छ ।

अध्ययनका अनुसार त्यसरी ब्याकअपमा बस्ने पुरुषहरू नजिकको भावनात्मक सम्बन्ध भएका पुराना साथी, पूर्वप्रेमी, पूर्वपति तथा अफिस वा जिममा सँगै काम गर्ने साथी धेरै हुने गरेको पाइएको छ ।

१००० जना महिलाहरूको सहभागीतामा गरिएको सर्वेक्षणमा ५० प्रतिशत महिलाहरूले ब्याकअप राखेको, अर्को योजनामा राखिएका साथी लामो समयसम्मको चिनजानका हुने गरेको र १० प्रतिशत महिलाले त अतिरिक्त योजना भइसकेको पनि स्वीकार गरेका थिए ।

१० जनामा ४ जनाभन्दा बढीले त पारिवारिक रूपमा समेत कुराकानी भइरहेको उल्लेख गरेका थिए । डेली मेलमा प्रकाशित भएको अध्ययनअनुसार १२ प्रतिशतभन्दा बढी महिलाले हालको सम्बन्धमा रहेका पति वा प्रेमीभन्दा पनि अतिरिक्त सम्बन्धका लागि तयार भएका व्यक्तिले उनीहरूको भावना राम्रोसँग बुझ्ने गरेको बताए ।

कतिपय महिलाहरूले आफ्ना ब्याकप पार्टनर आफ्नै पतिका साथी समेत भएको उल्लेख गरेका छन् । आजकलको समयमा जे पनि हुन सक्ने सम्भावना भएकाले महिलाहरूले ब्याकअपमा अर्का पुरुष राखेका हुन्छन् ।

फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालका कारण मानिससँग सम्पर्कमा रहन सरल हुने गर्छ । बिहे गरेका महिलाले समेत त्यसरी अतिरिक्त पुरुषसँगको सम्बन्ध कायम राख्ने गरेको अध्ययनले नतिजा निकालेको छ ।

५० प्रतिशत महिलाहरूले भने आफ्नो पार्टनरलाई धेरै माया गर्ने हुँदा विकल्प नखोजेको बताएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah