काठमाडौं/ पछिल्लो समय चर्चित गायिका आस्था राउत चर्चासँगै विवादमा परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षाकर्मीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बिहीबार गायिका राउतले आपत्ति जनाएको भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियोका कारण उनी अहिले विवादमा परेकी हुन् ।

प्रहरीमाथि अपशब्द प्रयोग गरेको भन्दै अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि आलोचना गरिरहेका छन् । विमानस्थलमा खटिएकी महिला प्रहरी रमिता श्रेष्ठले पनि गायिका राउतविरुद्ध कारबाहीको माग गर्दै उजुरी दिएकी छन् । यस बिषयमा अहिले सामाजिक सञ्जालमा धेरैले बिभिन्न प्रतिक्रिया दिइरहेका छन् । यसैक्रममा चर्चित गायक राजेश पायल राईले पनि गायिका राउतलाई धेरै रुन्ची बन्न नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन् – एर्पोर्ट मा साहरुख खान लाई त झन कट्टु मै चेक गरेको थियो त्यो उसको अधिकार हो अब रह्यो पुलिस ले कस्तो ब्यबहार गर्‍यो?चेकिङ मा कफी,पानी लान पाइदैन इभन वाल्लेट (मनी ब्यग ) पनि पाइदैन उनि बैनी हुन राम्री गायिका हुन अझ एक रियलिटी सो The Voice कि कोच पनि हुन आफ्नो इज्जत ठाउमा राख्नु पर्छ माया लिनेले घृणा पनि सहनु सक्नु पर्छ “तब न हामी कलाकार , उसै त हामी नाथे कलकार “ धेरै रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ “ आस्था र एअरपोर्ट मा खटिएका कर्मचारी दुबै सुधृन आबस्यक

यस विषयमा  कलाकार दिपकराज गिरिले  पनि, ‘सत्य जे होस् त्यो प्रहरी जवान बहिनी संग म माफ़ी माग्छू तिमि पनि माग’ भन्दै  एक स्टाटस लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah