युगान्डामा एक महिलाले ४४ सन्तान जन्माएपछि थप बच्चा पाउन प्रतिबन्ध लगाइएको छ । मरियम नाबातान्जी नामक ती महिलालाई स्थानीयहरूले संसारकै सबभन्दा ऊर्वर महिलाको संज्ञा दिएका छन् । उनले चार जुम्ल्याहा, पाँच तिम्ल्याहा र पाँच चम्ल्याहा जन्माएकी छन् ।

तर युगान्डाका चिकित्सकहरूले उनलाई थप सन्तान जन्माउन निषेध गरेका छन् ।

१२ वर्षको उमेरमा विवाहका लागि बेचिएकी नाबाताज्नी एकल महिला हुन् । उनले सिलाइबुनाइ, केशकटाइ र जडीबुटी उपचार गरेर आफू र आफ्ना सन्तानको भरणपोषण गर्ने गरेकी छन् ।

विवाह गरेकै वर्ष उनले पहिलो सन्तान जन्माएकी थिइन् र अहिले उनका ३८ सन्तान बाँचेका छन् ।

‘मैले उनीहरूलाई शिक्षित बनाउन कोशिश गरिरहेकी छु । उनीहरू विद्यालय जाऊन् भन्ने मेरो सपना हो । अरू कुराको अभाव होस् तर उनीहरू विद्यालय जाऊन् । म आफ्ना बालबच्चालाई कहिल्यै त्याग्ने छैन र तिनीहरूलाई माया गर्छु,’ नाबाताज्नीले भनिन् ।

नाबाताज्नीले कसरी ४४ सन्तान जन्माइन् होला भनी सोध्दा डाक्टर चार्ल्स किग्गुन्दुले भने, ‘केही महिलाले महिनाको शुरूआतमा १० देखि १२ अण्डा निकाल्न सक्छन् । तीमध्ये धेरैसँग एकभन्दा बढी फर्टिलाइजेसनको सम्भाव्यता रहन्छ ।’ एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah