काठमाडौंः पोखरा रंगशालामा जारी मलेसिया–११ विरुद्धको दोस्रो एकदिवसीय मैत्रिपूर्ण क्रिकेट खेलमा नेपाल–११ विजयी १ सय ७० रनले विजयी भएको छ । यो जिसँगै मलेसियासँगको ३ खेलको सिरिज नेपालले १ म्याच अगावै जितेको छ ।

आज नेपालले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याएको मलेसियाले २८.४ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो । उसका लागि सायद अजिजले सर्बाधिक २८ रन बनाए । बलिङमा किशोर महतोले ३, ललितनारायण राजवंशीले २, सुशन भारी र कमलसिंह ऐरीले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९० रन बनायो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५, रोहितकुमार पौडेलले ५३, सुवास खकुरेलले ४८, लोकेश बमले ३२, सुनिल धमालाले २४, विनोद भण्डारीले २१ र सुशन भारीले अविजित १६ रनको योगदान दिए ।

राष्ट्रिय टोलीबीचको प्रतिस्पर्धा भए पनि अनौपचारिक खेल भएकाले नेपाल–११ र भ्रमणकारी टोली मलेसीया–११ को नाममा सिरिज खेलिरहेका हुन् । सोमबार भएको पहिलो खेलमा नेपाल १ सय ३५ रनले विजयी भएको थियो ।

सुनसरीमा सम्पन्न दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय म्याच खेल्न नेपाल आएको मलेसिया र नेपालबीच ३ म्याचको वानडे सिरिज भइरहेको हो ।

अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिजको तयारीमा रहेको नेपालले यो सिरिजलाई सोही प्रतियोगिताको अभ्यासका रुपमा हेरेको छ । नेपाल र मलेसियाबीचको तेस्रो एकदिवसीय खेल बिहीबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah