कुरा आदिम समयको हो । साधु तुकाराम आफ्नो आश्रममा बसिरहेका थिए । उनका एकजना रिसाहा चेला साधुको नजिक आए र भने, ‘गुरुजी, तपाई कसरी आफ्नो व्यवहार यति हार्दिकतापूर्ण बनाउन सक्नुहुन्छ ?

न तपाईं कोहीसँग रिसाउनु हुन्छ न अरुको बारेमा कुरा काटेर समय बिताउनुहुन्छ ? कृपया तपाईंको यस्तो असल व्यवहारको रहस्य बताउनुहोस् ।’

साधुले भने, ‘मलाई मेरो आफ्नै रहस्य त थाहा छैन, तर म तिम्रो रहस्य भने जान्दछु ।’

‘मेरो रहस्य ! त्यो के हो गुरुजी ?’ शिष्यले आश्चर्य मान्दै सोधे । ‘तिमी आउँदो एकहप्ता भित्र मर्दैछौ,’ साधु तुकाराम दुःखी हुँदै बोले ।

अरु कसैले भनेको भए त शिष्यले यो चेतावनीलाई हाँसीमजाकमा उडाउन सक्थ्यो होला तर स्वयं साधु तुकारामको मुखबाट यस्तो कुरा निस्किएपछि कसरी नपत्याउनु ? शिष्य उदास भयो र गुरुको आशिर्वाद लिएर घर फर्कियो ।

त्यो दिनदेखि शिष्यको स्वभावमा ठूलो परिवर्तन आयो । ऊ सबैसँग प्रेमपूर्वक बोल्न थाल्यो र कसैसँग रिसाएन । आफ्नो धेरै समय पूजा र ध्यानमा लगाउन थाल्यो । आफूले यसअघि दुर्व्यवहार गरेका मानिसलाई भेट्दै माफी माग्न थाल्यो । हेर्दाहेर्दै साधुले घोषणा गरेको एक हप्ता पूरा हुने समय नजिक आयो ।

शिष्यले अन्तिम समयमा साधुको दर्शन गरेर आशिर्वाद लिने सोच बनायो र साधुलाई भेटेर भन्यो, ‘गुरुजी, मेरो समय पूरा हुनै लाग्यो, कृपया मलाई आशिर्वाद दिनुहोस् ।’ साधुले भने, ‘मेरो आशिर्वाद सधैं तिम्रै साथमा छ पुत्र ! ठिक छ, तिमीले यो हप्ता कसरी बितायौ ? मलाई भन त । तिमी पहिलाजस्तै मानिसहरुसँग रिसायौ कि रिसाएनौ ? उनीहरुलाई गाली गर्‍यौ कि गरेनौं ?’

शिष्यले भने, ‘गरिनँ । विल्कुल गरिनँ । मसँग बाँच्नको लागि केवल सात दिन बाँकी थियो । म यस्ता बेकारका कुरामा समय कसरी खर्च गर्न सक्थेँ र ? म त सबैलाई प्रेमपूर्वक भेटेँ र ज-जसको दिल दुखाएको थिएँ, उनीहरुसँग क्षमा मागेँ ।’

साधु मुस्कुराए र भने, ‘बस, यो नै मेरो राम्रो व्यवहारको रहस्य हो । म जान्दछु कि म जहिले पनि मर्न सक्छु । यसैको लागि सबैलाई प्रेमपूर्वक व्यवहार गर्दछु र यही नै मेरो राम्रो व्यवहारको रहस्य हो ।’

(यो प्रसंगलाई सामाजिक सञ्जालबाट लिइएको हो, यसको बारेमा टिप्पणी र प्रतिवाद आवश्यक छैन, यो मात्र सकरात्मक सन्देशको लागि प्रकाशित गरिएको हो)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah