काठमाडौँ : अमेरिका निवासी मोडल पुष्कर पन्त म्युजिक भिडियोमा अभिनय गर्न नेपाल आउने भएका छन् । हिन्दि चलचित्रमा समेत आफ्नो गीति लेखन सुरु गरिसकेका बहुप्रतिभाका धनि कलाकार निर्माता समाजसेवी तथा गीतकार सर्जक पुष्कर पन्तको शब्दमा रहेको दुई(२) वटा नयाँ गितमा आफै अभिनय गर्न नेपाल आउन लागेको हुन् ।

आफ्नै शब्द रचनामा “लगन” र बनकी चरी”मा उनले मोडलिङ गर्न लागेका हुन् । “लगन”मा गायक बिरेन्द्र श्रेष्ठ र चर्चित गायिका टिका प्रसाईको स्वर तथा राहुल प्रधानको संगीत रहेको छ भने “बनकी चरी”मा गायक शंकर तथा र गायिका मेलिना राइको स्वर तथा शंकर थापाको नै संगीत रहेको छ । अब आउने नयाँ गीतले सम्पूर्ण नेपाली संगीत प्रेमीहरुको मन मुटुमा बस्न सफल हुनेमा गीतकार पुष्कर पन्त ढुक्क छन् ।

बिगत डेढ दशक देखि अमेरिकामा बसेर नेपाली कलाकारितालाइ माया गर्दै आएका उनि पछिल्लो समय गीतकारको रुपमा समेत चर्चित बनेका छन् । भर्सटाइल कलाकार पुष्कर पन्त अभिनय क्षेत्रमा विशेष गरि हाँस्यव्यङ्ग विधाका कलाकार हुन्। उनि विगत २५ बर्ष देखि नेपाली कला क्षेत्रमा संलग्न छन् । तितो सत्य, जिरे खुर्सानी, ट्वाक्क टुक्क, प्रहरी अनुरोध, काउकुति लगायत अन्य धेरै चर्चित नेपाली हाँस्य श्रृङ्खलाहरुमा अभिनय गरेका पन्तले नेपाली चलचित्र ‘ठूली’ निर्माण गरेका थिए । नेपालमा निकै चर्चा कमाएका कलाकार, निर्माता,गीतकार पुष्कर पन्तले आफ्नै शब्द रहेको २ वटा गीतको म्युजिक भिडियोमा समेत अभिनय गरेर लाखौ संगीतप्रेमी नेपालीहरुको मनमा बस्न सफल भएका छन ।

सर्जक पुष्कर पन्तले कविता सङ्ग्रह “नेपालदेखि अमेरिकासम्म” समेत लिएर आईसकेका छन् । कलाकारिता, गीति लेखन, कबिता तथा साहित्य लेखन, मोडल, निर्माता निर्देशकमा राम्रो दख्खल भएका बहुप्रतीभाका धनि पन्त अमेरिकामा चर्चित नेपालीहरु मध्ये पर्दछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah