मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
चौपाया दोपायाबाट आंशिक फैदा हुनेछ,नयाँ काम र जिम्मेवारी मिल्नेछ,काममा विलम्ब र खर्च बढ्ने योग छ,अभिभावकसँग संयमतापूर्वक व्यवहार गर्नुहोला, व्यवसायमूलक भ्रमण गर्ने समय छ,आजको शुभ अंक १० रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अधुरा कामहरू बन्नेछन्, आँटेका काम समयमा पूरा गर्न नसकिएला,भेटघाटमा पनि अलमलिनुपर्ला,सुरुमा काम बन्नुका साथै प्रशस्तै आम्दानी हात पर्नेछ,आजको शुभ अंक ११ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ,पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्,आजको शुभ अंक १२ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
सचेत रहनुहोला,गोप्य रहस्य पत्ता लाग्नेछ,धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ भने मान–सम्मान पनि पाइनेछ,गाँस्नेहरूले सताउन सक्छ,सुरुमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,आजको शुभ अंक ५ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,झुटा आरोप लाग्नुका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ, वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
हिम्मतले काम लिनेहरूलाई भने फाइदै हुनेछ, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,सचेत रहनुहोस,विभिन्न अवसर प्राप्त हुनेछन्,पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ,आजको शुभ अंक ३ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
गोप्य रहस्य पत्ता लगाउन सफल भइने छ,कुनै पनि काम गर्दा घर सल्लाह गर्दा राम्रो छ,स्वास्थ्य कमजोर देखिए पनि इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ,विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ,आजको शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ,काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ,प्रशंसकहरू बढ्नेछन् भने नाम,आजको शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
प्रशस्त धनलाभ हुनेछ, लगानीको राम्रो प्रतिफल उठाउन सकिएला,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,सामान्य काम र उद्देश्यविहीन भ्रमणमा बढी समय बित्न सक्छ,आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ,नयाँ काममा हात हाल्ने समय आएको छ, राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,आजको शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ,घरेलु समस्या देखापर्न सक्छन्,स्वास्थ्यमा देखिने कमजोरीले काममा समेत बाधा पुर्याउनेछ,धैर्यले काम लिन सकिनेछ, लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ,आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
विश्वास गुम्ने सम्भावना छ,सचेत रहनुहोला,द्योग–धन्दामा विशेष सफलता पाइनेछ,शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ,मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,श्रमको प्रतिफल कमैमात्र हातलागी हुनेछ,आजको शुभ अंक १ रहेको छ l

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah