वि.सं. २०७६ माघ १७, शुक्रबार, इ.स. २०२० जनवरी ३१, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु, ने.सं. ११४० सिल्लाथ्व, माघ शुक्लपक्ष, षष्ठी, १२:५९ उप्रान्त सप्तमी, नक्षत्र– रेवती, १५:५१ बजेउप्रान्त अश्विनी, योग– साध्य, २८:०१ बजेउप्रान्त शुभ, करण– तैतिल, १२:५९ बजेदेखि गर, २५:५७ बजेउप्रान्त वणिज, आनन्दादिमा श्रीवत्स योग, चन्द्रराशि– मीन, १५:५१ बजेउप्रान्त मेष,सूर्योदय– ६:५३ बजे, सूर्यास्त– १७:४२ बजे र दिनमान २७ घडी १ पला। पञ्चक १५:५१ बजे समाप्ति। स्कन्द षष्ठी। सर्वार्थसिद्धि योग अहोरात्र

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्य कमजोर देखिए पनि इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ,विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ,पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ, आजको शुभ अंक ६ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ,मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,श्रमको प्रतिफल कमैमात्र हातलागी हुनेछ,बलजफ्ती गर्दा थप समस्या आउन सक्छन्,आजको शुभ अंक १ रहेको छ ल

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
केही चुनौती देखिए पनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ,झुटा आरोप लाग्नुका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,आँटेका काम समयमा पूरा गर्न नसकिएला,भेटघाटमा पनि अलमलिनुपर्ला, सुरुमा काम बन्नुका साथै प्रशस्तै आम्दानी हात पर्नेछ,अधुरा कामहरू बन्नेछन्, आजको शुभ अंक ११ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रयत्न गर्दा प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ,धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ भने मान–सम्मान पनि पाइनेछ,गाँस्नेहरूले सताउन सक्छ,सुरुमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफन्तबीच अविश्वास बढ्ला,सचेत रहनुहोला,गोप्य रहस्य पत्ता लाग्नेछ,प्रशस्त धनलाभ हुनेछ, लगानीको राम्रो प्रतिफल उठाउन सकिएला,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,आजको शुभ अंक ८ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,सचेत रहनुहोस,विभिन्न अवसर प्राप्त हुनेछन्,पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ, आजको शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
हिम्मतले काम लिनेहरूलाई भने फाइदै हुनेछ, काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ,प्रशंसकहरू बढ्नेछन् भने नाम,दाम र इनाम हातपार्ने समय छ,कामको बोझ थपिनेछ, धार्मिक क्रियाकलापमा बाधा हुनेछ,आजको शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,घरेलु समस्या देखापर्न सक्छन्,स्वास्थ्यमा देखिने कमजोरीले काममा समेत बाधा पुर्याउनेछ,धैर्यले काम लिन सकिनेछ, लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ,आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ,परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ, नयाँ काममा हात हाल्ने समय आएको छ, राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,आजको शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्,टाढिएका साथीभाइ नजिकिनाले सुखदुःखमा साथ पाइनेछ,अभिभावकसँग संयमतापूर्वक व्यवहार गर्नुहोला,फसिने डरले सताउन सक्छ, आजको शुभ अंक १० रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
नयाँ काम र जिम्मेवारी मिल्नेछ,काममा विलम्ब र खर्च बढ्ने योग छ,आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,स्थितिमा सुधार आउनाले धेरै काम बन्नेछन्, व्यवसायमूलक भ्रमण गर्ने समय छ,आजको शुभ अंक १२ रहेको छ। दिब्य ज्योतिष बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah