मेष- मिठो बोलीले काममा राम्रो प्रभाव पर्नेछ । धनको सुख मिल्ने एवम् सम्पत्तिको कारोबार बढ्नेछ । सन्तानबाट सहयोग एवम् विदेशबाट धन प्राप्तीको योग देखिन्छ । नयाँ सरसामानमा खर्च हुने तथा छोटो यात्राको सुख मिल्नेछ । दिदीबहिनी तथा आफन्तबाट धनको सहयोग हुनाले घरायसी काम बन्नेछ । साताको अन्त्यमा भने परिवारमा विवाद आउने एवम् स्वास्थ्यमा समस्या देखिनेछ । आफन्तसँगको कारोबारमा विवाद एवम् समस्या हुन सक्नेछ ।

वृष- पारिवारिक काममा व्यस्तता बढ्नेछ । मनोरञ्जनमा खर्च हुने तथा नयाँ ठाउँको भ्रमण हुनेछ । नयाँ नाता गाँसिने तथा वैवाहिक सुख मिल्नेछ । भोग विलास एवम् सावरी साधनमा खर्च बढ्नेछ । आफन्तको सहयोगले सानोतीनो व्यवहार टर्नेछ । नरम बोलीको प्रभावले ठुलाबडासँग सम्बन्ध बन्नेछ । साताको अन्त्यमा भने काममा जिम्मेवारी थपिने एवम् यात्रामा झन्झट आउनेछ ।

मिथुन- अनावश्यक ठाउँमा खर्च बढ्नेछ । साथीभाइसँग रमाइलो एवम् खानपिनमा पैसा बढी जानेछ । सरसामान हराउन सक्ने एवम् व्यवसायमा घाटा हुन सक्नेछ । साताको मध्यमा भने प्रेममा प्रगती, आफन्तसँग भेटघाट एवम नयाँ मित्रता सुरु हुनेछ । परिवारजनसँग रमाइलोमा खर्च बढ्ने एवम् भोजभतेर रमाइलो हुनेछ । साताको अन्त्यमा भने व्यवसायमा आम्दानी बढ्ने एवम् लगानीका राम्रो प्रतिफल आउनेछ । धनसम्पत्तिको सहयोग मिल्नाले पुराना व्यवहारमा राहत मिल्नेछ ।

कर्कट- सोचेको एवम् आँटेको कुरामा सफलता मिल्नेछ । विद्याध्ययन रुचि हुने तथा कला, साहित्य, संगीतमा पहिचान मिल्नेछ । आम्दानीको स्तर बढ्ने एवम् धनसम्पत्तिको सहयोग मिल्नेछ । साताको मध्यमा भने बढी खर्च हुने एवम् यात्रामा झन्झट आउनेछ । आफन्तसँग सामान्य मनमुटाव हुने तथा चिसोको समस्या हुनेछ । साताको अन्त्यमा भने पारिवारिक भेटघाट एवम् विलासितामा धन खर्च हुनेछ । आफन्त भेटघाट तथा सन्ततीबाट खुशीयाली मिल्नेछ ।

सिंह- राजनीतिक पहिचान मिल्नेछ । सरकारी क्षेत्र तथा विशिष्ट व्यक्तिहरुबाट प्रशंसा मिल्नेछ । काममा जस मिल्नाले प्रतिष्ठा कायम हुनेछ । व्यापारमा राम्रो आम्दानी हुने तथा धनको कारोबार बढ्नेछ । पारिवारिक प्रेममा प्रगती एवम् सन्तानको सहयोगले व्यवहारमा सहायता मिल्नेछ । भोज भतेर एवम् खानेकुरामा लगानी बढ्नेछ । साताको अन्त्यमा भने यात्रामा झन्झट हुने तथा सामान्य बाधा आउन सक्नेछ ।

कन्या- धर्म कर्ममा रुचि जाने एवम् धार्मिक यात्रा हुनेछ । ठुलाबडासँग भेटघाट एवम् सामाजिक काममा मन जानेछ । काममा प्रशंसा मिल्नाले पदोन्नतीको सम्भावना देखिन्छ । परोपकार तथा दान, धर्म, पुण्य कर्ममा समय व्यतित हुनेछ । विदेशबाट सहायता मिल्ने एवम् यात्राको सुख मिल्नेछ । साताको अन्त्यमा भने धन प्राप्ती तथा व्यापार व्यवसाय एवम् लगानीमा राम्रो प्रतिफल आउनेछ ।

तुला- स्वास्थ्यमा सामान्य समस्या आउनेछ । काममा झन्झट मिल्ने एवम सुरु गरेको काम बीचमा रोकिनेछ । समझदारीमा बाधा आउने तथा योजना विफल हुनेछ । साताको मध्यमा भने पारिवारिक काममा व्यस्तता बढ्ने एवम् धर्म, कर्मममा समय बित्नेछ । छोटो यात्राको सुख मिल्ने तथा पारिवारिक काममा अलमल हुनेछ । साताको अन्त्यमा भने सामाजिक पहिचान मिल्ने तथा राजनीतिक मुद्दामा आफ्नो पहिचान बन्नेछ ।

वृश्चिक- पारिवारिक भेटघाट एवम् यात्राको अवसर बन्नेछ । साथीभाइसँग रमाइलो एवम् धार्मिक यात्रा हुनेछ । प्रेममा प्रगति एवम वैवाहिक जीवनमा खुशी प्राप्त हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा बाधा एवम् काममा उल्झन आउनेछ । मित्रतामा बाधा आउने एवम् आफन्तले काम बिगार्न सक्नेछ । साताको अन्त्यमा भने धर्मकर्ममा खर्च हुने । यात्राको सुख मिल्ने एवम् ठुलाबडासँग भेटघाट रहने तथा सामाजिक क्षेत्रमा पहिचान मिल्नेछ ।

धनु- स्वास्थ्यमा सुधार हुने एवम् मित्रता बलियो बन्नेछ । कुटुम्ब भेटघाट एवम पारिवारिक भोजभतेरमा सहभागिता मिल्नेछ । खेलकुद एवम सांगितिक क्षेत्रमा प्रगति हुनेछ । साझेदारी लगानीमा फाइदा, व्यापार व्यवसायमा नाफा एवम् साथी भाइको भेटघाटमा खर्च बढ्नेछ । साताको अन्त्यमा भने यात्रामा बाधा एवम् स्वास्थ्यमा समस्या तथा काममा रोकावट हुनेछ । गुप्त शत्रुले बाधा गर्नछन् र नजिकका व्यक्तिबाट धोका हुनेछ ।

मकर- अध्ययनमा सामान्य प्रगति हुनेछ । सन्तानसँग भेटघाट एवम् आर्थिक अवस्था सुध्रिनेछ । आम्दानीको स्तर बढ्नाले कारोबारमा सफलता एवम घरायसी विवाद कम हुने । मुद्दा मामिला टुंगिने एवम् आपसी वैमनस्यतामा मैत्री भाव आउनेछ । घरबाट बाहिरको काम बन्ने एवम यात्रामा खर्च हुनेछ । साताको अन्त्यमा भने पारिवारिक मेलमिलाप, प्रेमी प्रेमिकाबीच सुमधुर सम्बन्ध बढ्ने एवम् मिष्ठान भोजनको सुख मिल्नेछ ।

कुम्भ- साताको शुरुमा घरायसी विवाद आउनेछ । आपसी सरसल्लाह नमिल्नाले व्यक्तिगत काममा बाधा आउनेछ । साताको मध्यमा भने व्यापारमा फाइदा एवम् कृषि तथा तरल पदार्थबाट व्यावसायमा फाइदा हुनेछ । नयाँ मित्रता गाँसिने एवम् सवारी साधन तथा भोग विलासमा खर्च बढ्नेछ । नयाँ ठाउँको भ्रमण तथा पारिवारिक भेटघाटमा भने खुशीयाली बढ्नेछ ।

मीन- छोटो यात्रा हुनेछ । व्यापार व्यावसायमा फाइदा एवम काममा जिम्मेवारी थपिनेछ । साथीभाइ एवम् दाजुभाइको सहयोगमा सामुहिक काम बन्नेछ । भोगविलास एवम् खानपानमा खर्च बढी हुनेछ । पेट समस्या तथा चिसो स्वास्थ्य बाधा हुनेछ । साताको अन्त्यमा भने संगित तथा कला क्षेत्रबाट प्रशंसा मिल्ने तथा व्यापारबाट राम्रो फाइदा हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा /सम्पर्क ९८५१०७१५७४पशुपति जयवागेश्वरी जनता समाचार बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah