एजेन्सी/ अयान मुखर्जीको निर्देशनमा बन्न लागेको बलउड चलचित्र ‘ब्रह्मास्त्र’को प्रदर्शन मिति सार्वजनिक गरिएकाे छ। चलचित्र सन् २०२० को डिसेम्बर ४ मा रिलिज हुने भएको हो।
बलिउड निर्देशक तथा निर्माता करण जोहरले समाजिक सञ्जालमा एक फोटो पोष्ट गर्दै चलचित्रको रिलिज मिति सार्वजनिक गरेका हुन्। चलचित्र करण जाेहरकाे धर्मा प्राेडक्सनले बनाउन लागेकाे हाे।
करणले पोष्ट गरेको फोटोमा अभिताभ बच्चन, रणबीर कपूर अयान मुखर्जी एउटा सोफामा बसेका छन्। जसमा अमिताभ, अयान र आलियाले ४ डिसेम्बर २०२० लेखिएको कार्ड समातेका छन्।
अमिताभले ठट्टा गर्दै ट्वीटरमा लेखेका छन्,’अब यो चलचित्रको रिलिज डेट परिवर्तन गर्ने अनुमति निर्देशक अयानलाई पनि छैन।’
चलचित्र ‘ब्रह्मास्त्र’को अनुमानित बजेट १५० करोड भारु रहेको बताइएको छ। अमिताभ, रणबीर र आलियाका साथै चलचित्रमा नागार्जुन अक्किनेनी र माैनी राेय पनि देखिने छन्।चलचित्र हिन्दीका साथै तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा रिलिज हुनेछ।



