काठमाडौं , माघ २२ ।

कोरोना भाइरसको कारण विश्व अहिले त्रसित छ। केहि देशहरुले पर्यटकको अवागमनमा निगरानी तथा कडाइ गरिरहेका छन । बीबीसीका अनुसार अहिलेसम्म यस भाइरसको सङ्क्रमणबाट ४९२ जना मानिसहरूको मृत्यु भइसकेको छ भने विश्वभर २४ हजारभन्दा धेरै मानिसमा यसको सङ्क्रमण फेला परेको पुष्टि भएको छ।

प्रकोपलाई सुरुकै अवस्थामा रोक्न नसकेको भन्दै चिनियाँ अधिकारीहरूको आलोचना भइरहँदा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरसविरुद्ध चीनले चालेका कदमले सङ्क्रमणलाई विश्वब्यापी सङ्कट बन्न नदिन बाँकी विश्वलाई अवसर दिएको जनाएको छ।डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले चीनको कदम उपयुक्त भएको टिप्पणी गरेका छन।

उनले चीनले प्रकोप सुरु भएको ठाउँमा गरिरहेको कामलाई त्यसलाई थप फैलन नदिने र नियन्त्रण गर्ने अवसरका रूपमा हेर्नुपर्ने बताए।

डब्लुएचओले यस प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल भने पनि त्यो उसकै शब्दमा महामारीको अवस्थामा नपुगेको जनाएको छ।चीन सरकारले सुरुमा यस भाइरसको संवेदनशीलतालाई कम आकलन गरेको र त्यसकै कारण यसको समाचार लुकाउन खोजेको आरोप समेत झेलेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah