एजेन्सी/ अमेरिकामा अचम्मको अभ्यास हुने गरेको छ। अमेरिकाको उत्तरपूर्वी भागमा रहेको भेर्मोन्टको फेयर हेभन सहरमा जनावरबाट मेयर छानिन्छ।

यो वर्ष मेयर पदका लागि ३ जनावर चुनावी मैदानमा छन्। जसमा एउटा बाख्रा छ, भने बाँकी २ कुकुर।

सन् २०१९ को चुनावपछि हुन लागेको निर्वाचनमा ३ वर्षे न्युबियन लिंकन बाख्रा, ३ वर्षकाे मफी कुकुर र ६ वर्षको स्यामी कुकुरबीच चुनावी प्रतिस्पर्धा हुनेछ।

यी ३ मध्ये लिंकन र स्यामीबीच कडा प्रतिस्पर्धा हुने ठानिएकाे छ।मतदान ३ मार्चमा हुनेछ। मतदान गर्न व्यक्तिले १ डलर तिर्नु पर्नेछ। अमेरिकाको यो सहरमा जनावरबीच चुनाव गराएर मेयर बनाउनुकाे उद्देश्य भनेको बालबालिकाका लागि सामुदायिक खेल मैदान बनाउनका निम्ति हाे।

याे चुनावबाट उठेकाे रकमकाे कोष स्थापना हुन्छ, जसबाट खेल मैदान बनाइनेछ। बाँकी रकम बालबालिकाकाे पुनःस्थापनामा खर्च गर्ने गरिन्छ। सहरका प्रबन्धक जो गुन्टरलका अनुसार चुनावका लागि दर्ता शुल्क ५ डलर कायम गरिएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah