एजेन्सी/ पछिल्लो तीन वर्ष यता सनी लियोनीको लीड रोल भएका हिन्दी फिल्म रिलिज भएको छैन।
यो अवधिमा रिलिज भएका जति फिल्ममा सनीले अभिनय गरिन्, सहायक रोलमा मात्र। त्याे बाहेक म्युजिक भिडियाे।एक समय थियो, हरेक जसो फिल्ममा सनी लियोनीकाे अभिनय । त्यतिखेर उनकाे माग बढ्दाे थियाे।
अब के बलिउडमा सनीको माग नै भइरहेको छैन ? के सनीलाई लिएर फिल्म बनाउदा निर्माता निर्देशकलाई फाइदा छैन?
यो आश्चर्यको विषय बनेको छ। किनकी गूगलमा सनी सर्वाधिक खोजीमा पर्ने मध्येकी नायिका हुन्। यो खबर हरेक वर्ष सार्वजनिक हुने गरेको छ।
तर, फिल्ममा उनका लागि ठाउँ किन नभएको हो ? प्रश्न यो पनि छ। सनीले फिल्ममा काम गर्न नचाहेको हो वा फिल्मप्रतिको रुची घटिरहेको छ।
साचो के हो भने अहिले पनि सनीको माग छ र निर्माता,निर्देशक उनलाई लिएर फिल्म बनाउन चाहान्छन्। तर,सनी जुन प्रकारका फिल्ममा काम गर्न रुचाउछिन् त्यस्ता फिल्मका लागि अफर आइरहेको छैन।
बी र सी ग्रेड फिल्मका् निर्माता सनीकहाँ पुगिरहेका छन्। सनी यी फिल्ममा आफूलाई शो पीसका रुपमा देख्छिन्। जुनमा हट सीन समेत हुने गर्छ। उनले यस्ता फिल्मबाट दूरी बढाएकी छन्।
ठूला फिल्ममा सनीका लागि अझै ठाउँ खाली भइसकेको छैन। उनले यस्तो भूमिका निर्वाह गर्ने भूमिका पाएकी छैनन् कि सनी पनि आफूलाई साबित गर्न सक्थिन।



