रियाद। साउदी अबरका महिलालाई अब पुरुषको अधिनबाट मुक्ति मिल्ने भएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार साउदीका राजा सलमानले महिलालाई पुरुषको अभिभावकत्व विना शिक्षा र स्वास्थ्यसँग जोडिएका सरकारी कामबाट फाइदा लिन सक्ने व्यवस्था गर्न आदेश दिएका छन्।

साउदीमा घरबाट निस्कनेदेखि साना साना काममा पनि पुरुषको अभिभावकत्व आवश्यक पर्छ। यस्तोमा श्रीमासँग सम्बन्ध विच्छेद वा श्रीमानको मृत्युपछि एकल जीवन बिताइरहेका महिलाको जीवन निकै कष्टपूण हुने गरेको छ।

साउदीकी महिला फोटोग्राफर तरनीम अलसुल्तानले आफ्नो व्यक्तिगत प्रोजेक्टमार्फत ती महिलाको जीवन देखाउने कोसिस गरेकी छन्।


फोटोग्राफर तरनीम स्वयं सम्बन्ध विच्छेद गरेकी महिला हुन्।

उनी आफ्ना दुई छोरी र अन्य परिवारकासाथ बस्छिन्। तरनीम आफूलाई यसकारण भाग्यमानी ठान्छिन, उनीसँग दुई छोरी छन्। दुई छोरी भएका कारण एकले अर्काको समस्या बुझ्ने गरेको उनको अनुभव छ।

तरनीम आफ्नो फोटोग्राफी प्रोजेक्टमार्फत आफ्नो परिवारदेखि साउदी महिलाको जीवनी देखाउने कोसिस गर्दैछिन्।

श्रोत: डिसी नेपाल 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय