काठमाडौं/ पछिल्लो समय सन् २०१८ मा निकै रुचाइएको फिल्म केजीएफको दोस्रो भागको चर्चा छ । प्रशान्त नीलले निर्देशन गर्न लागेको फिल्म केजीएफ च्याप्टर २ मा अभिनेत्रीको इन्ट्री भएको छ । केहिसमय अघि यस फिल्ममा बलिउड अभिनेता संजय दत्त इन्ट्री भएका थिए ।
हालै यस फिल्ममा अभिनेत्रीको भुमिकामा रविना टंडन इन्ट्री भएकी छिन् । उनले यस फिल्ममा प्रधानमन्त्री रमिका सेनको भूमिका निभाउने बताइएको छ । मिडियाका अनुसार यो फिल्म सन् २०२० को जुलाईमा रिलिज हुने सम्भावना रहेको छ । यस फिल्ममा यशले शासकको रुपमा भुमिका निर्वाह गर्ने बताइएको छ । यसअघि केजीएफमा उनले रकी भाइको भूमिका निभाएका थिए ।



