वि.सं. २०७६ माघ २९, बुधबार, इ.स. २०२० फेब्रुवरी १२, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु, ने.सं. ११४० सिल्लागा, फाल्गुण कृष्णपक्ष, तृतीया, ६:५९ बजेदेखि चतुर्थी, २८:३६ उप्रान्त पञ्चमी, नक्षत्र– उत्तरफाल्गुनी, १६:१२ बजेउप्रान्त हस्त, योग– सुकर्मा, ७:३१ बजेदेखि धृति, २८:२२ बजेउप्रान्त शूल,करण– भद्रा, ६:५९ बजेदेखि वव, १७:४८ बजेपछि वालव, २८:३६ बजेउप्रान्त कौलव, आनन्दादिमा प्रवर्द्धमान योग, चन्द्रराशि– कन्या, सूर्योदय– ६:४६ बजे, सूर्यास्त– १७:५१ बजे र दिनमान २७ घडी ३ पला। माघ मसान्त। देवघाटलगायत तीर्थहरूमा मकरस्नान समाप्ति। सर्वार्थसिद्धि योग १६:१२ बजेदेखि।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)– राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ला,खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,व्यापारमा संकट आउने,यात्रामा अवरोध हुने,आजको शुभ अंक ८ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानी को दिगो स्रोत जुट्न सक्छ,बोलीको प्रभावले अधुरा कार्यहरू पूर्ण हुनेछन्, जतिसुकै सहयोग गरे पनि आफन्तहरूले जस दिने छैन, आजको शुभ अंक ५ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –राजनीतिक नियुक्तिको सम्भावनाका साथै कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछ, ठूलाबडाको दबाबमा परिस्थतिसँग सम्झौता गर्दा मन खिन्न हुनेछ,आजको शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफल हुनुहोला,पढाईमा सोचे जत्तिकै उन्नति हुनेछ,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,व्यापारमा अवरोध आउने,आजको शुभ अंक ११ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जीवनसाथीसँग ठाकठुक परे पनि परिवारका ज्येष्ठ सदस्यको भूमिकामा विवाद मत्थर हुनेछ,विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,राज्यबाट सम्मान हुने,आजको शुभ अंक ३ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –कर्म सिद्धिको समय छ,परिवारका सदस्यहरूमा स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न सक्छ, नोकारीमा समस्या आउनेछ,स्थानान्तरण हुने,झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,आजको शुभ अंक ९ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–विश्वास गुम्ने सम्भावना छ, झुटाआरोप पनि लाग्नेछन्,नोकरीमा पटक पटक स्थानान्तरण हुनुको साथै छुट्ने अवस्थासम्म सृर्जनाहोला,आयभन्दा व्यय बढी, लेनदेनमा विवादको सामना गर्नुपर्ला,आजको शुभ अंक १० रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–कर्म योगका थप बाटाहरू खुल्नेछन्,पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,सचेत रहनुहोस,आजको शुभ अंक ८ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–केही अनियन्त्रित खर्च पनि हुनेछ,चोटपटक लाग्ने र सानातिना समस्याले सताउने समय छ, धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,आजको शुभ अंक ६ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – मित्र र आफन्त हरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ,खर्च गरेअनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ, पैतृक सम्पत्ति उपयोग गरी थप फाइदा उठाउन सकिनेछ,आजको शुभ अंक १ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –बलजफ्ती काम गर्दा थप समस्या आउन सक्छन्,जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्, ब्रह्म मुहूर्तमा भगवानको स्मरण,योग एवं ध्यान गर्दा मानसिक तनाव कम हुनेछ भने शारीरिक आलश्य पनि दूर हुनेछ,आजको शुभ अंक ७ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला, सचेत रहनुहोस,मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,आजको शुभ अंक १२ रहेको छ। यो राशिफल हामीले दिब्यज्योतिश बाट साभार गरेका हौ



