वि.सं. २०७६ फागुन १, बिहीबार, इ.स. २०२० फेब्रुवरी १३, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु, ने.सं. ११४० सिल्लागा, फाल्गुण कृष्णपक्ष, पञ्चमी, २६:१६ उप्रान्त षष्ठी, नक्षत्र– हस्त, १४:३२ बजेउप्रान्त चित्रा, योग– शूल, २५:१५ बजेउप्रान्त गण्ड, करण– कौलव, १५:२५ बजेदेखि तैतिल, २६:१६ बजेउप्रान्त गर,आनन्दादिमा राक्षस योग, चन्द्रराशि– कन्या, २५:४३ बजेउप्रान्त तुला,सूर्योदय– ६:४५ बजे, सूर्यास्त– १७:५२ बजे र दिनमान २७ घडी ६ पला। फाल्गुण संक्रान्ति।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)– विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,राज्यबाट सम्मान हुने,शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछ, ठूलाबडाको दबाबमा परिस्थतिसँग सम्झौता गर्दा मन खिन्न हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –राजनीतिक नियुक्तिको सम्भावनाका साथै कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ, गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ, आजको शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –आयभन्दा व्यय बढी, लेनदेनमा विवादको सामना गर्नुपर्ला,विदेश यात्राको पाइला चाल्दा आवश्यक तयारी अपुरो हुनसक्छ,नोकारीमा समस्या आउनेछ, राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ला,आजको शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–व्यापारमा संकट आउने, यात्रामा अवरोध हुने,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,गाँस्नेहरूले सताउन सक्छ, विश्वास गुम्ने सम्भावना छ,आजको शुभ अंक १० रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –जतिसुकै सहयोग गरे पनि आफन्तहरूले जस दिने छैन, प्रतिस्पर्धीहरूले काममा तगारो लगाउने प्रयास गरे पनि विफल हुनेछन्,स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,आजको शुभ अंक ६ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–योग एवं ध्यान गर्दा मानसिक तनाव कम हुनेछ भने शारीरिक आलश्य पनि दूर हुनेछ,यात्रामा समस्या आउने,कार्यस्थलको स्वरूपअनुरूप पहिरनमा ध्यान दिनुहोला, गोपनीयतामा ध्यान दिनुहोला,आजको शुभ अंक ११ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,व्यापारमा अवरोध आउने,परिस्थितिको बन्धनमा परिने समय छ,बलजफ्ती काम गर्दा थप समस्या आउन सक्छन्,आजको शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,सचेत रहनुहोला,सानो कामका लागि लामो यात्रा गर्नुपर्ला,कर्म सिद्धिको समय छ,परिवारका सदस्यहरूमा स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न सक्छ, आजको शुभ अंक ९ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,आजको शुभ अंक १२ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –पैतृक सम्पत्ति उपयोग गरी थप फाइदा उठाउन सकिनेछ,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ, उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,कर्म योगका थप बाटाहरू खुल्नेछन्,आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,सचेत रहनुहोस, बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला,घरेलु समस्याले सताउने,मित्र र आफन्त हरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah