काठमाडौं: ‘नेपाल फेसन आइकन २०१७’को उपाधि रिकेन बज्राचार्य र सरिसा श्रेष्ठले जितेका छन्। ललितपुरका रिकेनले पुरुष तर्फ र ललितपुर पुल्चोककी सरिसाले महिला तर्फको उपाधि चुमेका हुन्।

दुबै बिजेताले शिर्ष उपाधिका साथमा फिल्म, म्युजिक भिडियोमा अभिनयको अवसर प्राप्त गरे। बिजेता रिकेनले बेष्ट र्याम्प वाकको टाइटल उपाधि समेत हासिल गरे। त्यस्तै सरिसाले बेष्ट र्याम्प वाक र क्रियटिभ ड्रेसको उपाधि हात पारिन्। दुबै विजेताले ९ प्रतिस्पर्धिलाई पछि पर्दै उपाधि जितेका हुन्। प्रतियोगीतामा पुरुष तर्फ रुपक लिम्बु फस्टरनर्स अप र मनिष थापा सेकेन्ड रनर्सअप घोषित भए। महिला तर्फ भने कृति घिमिरे फस्टरनर्स अप र पूजा पराजुली सेकेन्ड रनर्स अप भए। कार्यक्रममा मल्टिमिडिया सलिना तामाङ र मनिष थापा, फोटोजेनिक दावा दोर्ज लामा र कृति घिमिरे, क्रियटिभ ड्रेस सुजन लामा ,फेसन स्टाइलिस सुजन लामा, स्मृती मगर, भ्युयुर च्वाइस पुजा पराजुलीले घोषित भए।

अन्तराष्ट्रिय मोडलिङका विभिन्न माध्यममा नेपालको प्रतिनिधित्व गराउन उत्कृष्ट मोडल खोज्ने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको रन वे नेपालकी अध्यक्ष चाँदनी लामिछानेले बताइन्। दीपिका रिमाल प्याब्सन उपाध्यक्ष, जीवन खड्का मिस्टर टिन नेपाल बिजेता, अर्चना थापा बस्नेत फेसन डिजाइनर, निर्माता सुनिल रावल, मोडल दिक्पाल कार्की, निराजन थापालगायत अन्तिम स्पर्धाको निर्णायकमा रहेका थिए।

पहिलोपोस्ट बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah