बलिउड अभिनेत्री शिल्पा सेट्टी आमा बनेकी छन्। सेरोगेसीको माध्यमबाट शिल्पा दम्पत्तिले छोरीलाई जन्म दिएका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार फेब्रुअरी १५ मा सेरोगेसीको माध्यमबाट छोरीको जन्म भएको हो।
शिल्पा सन् २००९मा राज कुन्द्रासँग विवाह गरेकी थिइन्। त्यसको तीन वर्षपछि उनले छोरालाई जन्म दिएकी थिइन्।
शिल्पाले छोरीले जन्म लिएको कुरा सामाजिक सञ्जालमा बताएकी छन्। उनले छोरीको नाम समिषा सेट्टी कुन्द्रा राखेकी छन्।
शिल्पा ४४ वर्षकी भइन्।



