मुम्बई । बलिउड अभिनेत्री करिना कपुरले आफू एक समय डिप्रेसनको सिकार भएको बताएकी छिन् । त्यो डिप्रेशन पछि आफु कमजोर भएको र बेला बेलामा त्यसको समस्याले आफूलाई तर्साउने गरेको पनि यी अभिनेत्रीको कथन छ ।
९ वर्ष अघि अभिनेता शाहिद कपुर र अभिनेत्री करिना कपुर प्रेम सम्बन्धमा थिए । फिल्म जव वी मिटको छायांकन गरिरहँदा आफूहरूको प्रेम सम्बन्ध टुटेको उनले बताइन् । शाहिदकै कारण जब बी मिट खेलेको र यो फिल्म चल्दै भन्ने लागेर आफूले अर्को फिल्म टसनलाई पूर्ण समय दिएको पनि यी अभिनेत्रीले खुलासा गरेकी छिन् ।
आफूले चल्दैन भनेर महŒव नदिएको फिल्म जब बी हिट हुँदा टसन व्यावसायिक रूपमा पूर्ण असफल भयो । शाहिदसँगको प्रेम सम्बन्धका कारण डिप्रेसनमा गएको बेला टसन फ्लप र जब यी मिट हिट हुँदा आफू पूर्णरूपमा डिप्रेसनको सिकार भएको उनले बताइन् । जब बी मिट कसरी हिट भयो भन्ने आफूले कल्पना पनि नगरेको र त्यतिबेला उपचारमा बसेका कारण यो फिल्मको सफलतालाई पनि बेवस्ता गरेको करिनाको कथन छ ।
नायक शाहिद कपुर र उनीसँग खेलेको फिल्म जब यी मिटले डिप्रेसनको समस्या भोगेकी यी नायिकाले उपचारपछि आफूले जीवनलाई बुझ्न पाएको बताएकी छन् । त्यसपछि डिप्रेसनमुक्त जीवन बाँच्ने अभ्यासमा रहे पनि त्यो डिप्रेसनले अहिलेसम्म असर गरेको यी नायिकाले खुलाएकी छन् ।



