काठमाडौं। कञ्चनपुरको महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा झडप हुँदा ५ जना पक्राउ परेका छन् । ३ जना प्रहरीसहित केही युवा घाइते भएका छन् । कलाकार ज्योति मगर स्टेजमा नाचिरहँदा युवाहरु उत्तेजित भएर स्टेजमै चढ्न खोजेपछि झडप भएको थियो ।

ज्योति मगरको प्रस्तुतिका बेला उत्तेजित युवाहरुले होहल्ला गर्दै उच्छृंखल गतिविधि गर्न थालेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन खोज्दा तनाव भएको थियो । प्रहरीले भीड नियन्त्रणमा लिन लाठीचार्जसमेत गर्नु परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । त्यसक्रममा ३ जना प्रहरीसहित केही युवा घाइते भएका छन्।

महोत्सवमा उच्छृंखल गतिविधि गर्ने ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । अहिले भने ती पाँचै जनालाई छाडिसकिएको छ । पक्राउ पर्नेमा भुवन विष्ट, महेन्द्र बुढा, दिलिप विष्ट, अभिषेक खड्का लगायत ५ जना छन् । महोत्सवको स्टेज अगाडि निर्माण भएको काठको पर्खालमा समेत युवाहरुको समूहले क्षति पुर्याएको छ। युवाहरुको समूह मेला सचिवालय रहेको स्टिलमा समेत पुगेको थियो। डिसी नेपाल बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah