
जेलीफिश जस्तो देखिने एक परजीवी प्राणीलाई बाँच्नका लागि अक्सिजन आवश्यक नरहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । यस प्राणीले अन्य ग्रहहरूमा एलियनहरू कसरी बस्छन् भन्ने विषयमा ज्ञान दिनेछ ।
इजरायलको तेल अभिभ विश्वविद्यालयका अनुसन्धाताहरूले जेलीफिश जस्तो परजीवी साल्मोन माछाभित्र बस्छ र अक्सिजन नै नभएको वातावरणमा बाँच्छ ।
यस प्राणीमा मिटोकोन्ड्रियल जिनोम नहुने र त्यसैले अक्सिजनलाई टुक्य्राएर प्राणीहरूलाई कोषिका बलियो बनाउन र सास लिन सहायता गर्छ ।
यसको नाम हेन्नेगुया साल्मिनिकोला हो र यो पहिलेनै पत्ता लागिसकेको हो । तर यसको जिनोम अहिले आएर मात्र पत्ता लागेको हो ।
अनुसन्धान टोलीले यो प्राणी अक्सिजन विना कसरी बाँच्छ भन्ने कुरा ठ्याक्कै पत्ता लगाउन सकेका छैनन् तर यसले साल्मोनको ऊर्जा उत्पादन गर्ने रसायन चुस्ने गरेको हुन सक्ने उनीहरूको भनाइ छ ।




