जर्मनीको फ्य्रांकफर्ट विमानस्थलबाट युनाइटेड एयरलाइन्सको विमानमा भर्जिनियास्थित डल्लेस अन्तर्राष्ट्रिय विमानस्थल गइरहेकी एक महिला यात्रुले विमानमा भएका सबैलाई चक्कु हानेर मारिदिने धम्की दिएकी छन् । उनले एयर मार्शल र विमान कर्मचारीसँग पनि झगडा गरेकी छन् । दाना गाजी मुस्तफा नामक ती महिलाले शनिवार विमानमा ताण्डव मच्चाएकी हुन् ।

ती २७ वर्षीया महिलालाई विमानको बाथरूममा लाइटर लिएर गएको अनि स्मोक अलार्मलाई निभाएको एक एयर मार्शलले देखे । मार्शलले उनलाई रोक्न खोज्दा महिलाले उनीमाथि आक्रमण गरेकी थिइन् । त्यसअघि विमान कर्मचारीहरूले शौचालय बाहिर स्मोक टिटेक्टर निभाइएको संकेत पाए अनि मुस्तफालाई भित्र देखे ।

उनलाई उडानका बेलामा चुरोट पिउन नपाइने कुरा बताउँदै सीटमा फर्किन भनियो । सीटमा फर्केपछि मुस्तफाले छटपट गरिन् अनि फेरि शौचालय जान खोजिन् ।

पछि उनी चिच्याउन थालिन् र विमान कर्मचारीहरूलाई परिवार हेर्न घर जान लागेको र परिवारका मानिसको गाडी दुर्घटनामा मृत्यु भएको बताइन् ।

उनलाई शान्त बनाउन अर्को सीटमा राखिएको थियो । अर्को सीटमा उनले सीटको टीभी मोनिटरमा हिर्काइन् र सिक्का फ्याँकिन् । पछि उनी उठिन् र विमानको पछिल्तिरको भागमा गएर लाइटर बालिन् । उनको लाइटर देखेका एक एयर मार्शलले उनमा रक्सीको गन्ध सुँघेको बताए ।

लाइटर लिएर शौचालय जान खोज्ने मुस्तफालाई दुईजना एयर मार्शलले रोक्न खोजेका थिए तर उनले एकजनालाई घुँडामा हिर्काइन् । विमान भर्जिनियामा ओर्लिएपछि एफबीआई एजेन्टहरूले मुस्तफालाई पक्राउ गरे । परिवारको दुर्घटनाको कथा झूटो भएको उनले स्वीकारिन् ।

नर्थ क्यारोलाइनामा बस्ने मुस्तफालाई संघीय अधिकारीमाथि आक्रमण गरेको आरोप छ । दोषी ठहर भएमा उनले आठ वर्ष कारावासमा बस्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah