जापानस्थित नेपाली दूतावासले कोरोना भाइरस (कोविड १९)को प्रकोपबाट बच्न सावधानी अपनाउन त्यहाँ रहेका नेपालीहरूलाई आग्रह गरेको छ ।

बुधवार एक विज्ञप्ति जारी गर्दै दूतावासले कोरोना भाइरसको संक्रमण फैलिन नदिन ८ बुँदामा निर्देशन जारी गरेको हो ।

‘संक्रमित बिरामीको सम्पर्कमा नआउने, भाइरसप्रभावित क्षेत्र र देशको यात्रा नगर्ने, यथाशक्य सार्वजनिक यातायातको प्रयोग नगर्ने, भेटघाट भेला, जमघट बैठक जस्ता कार्यक्रमहरू नगर्ने, घरबाहिर निस्किँदा मास्कको प्रयोग गर्ने र साबुनपानीले हात धुने जस्ता उपायहरू अपनाउन निर्देशन दिएको हो ।

‘यसको संक्रमणबाट बच्न यथाशक्य आफै सावधानी अपनाउँदा आफू बच्न र अरूलाई पनि बचाउन सकिने हुँदा सावधानीका उपायहरू अपनाउन र अरूलाई पनि अपनाउनका लागि प्रेरित गर्नुहुन अनुरोध गर्दै शंका लागेमा जापान सरकारले उपलब्ध गराएको हटलाइन नम्बर ०५०३८१६२७८७ मा सम्पर्क गर्ने,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय