चीनबाट सुरु भएकाे काेराेना भाइरसबाट हालसम्म विश्वभर १३ सय ५८ नयाँसहित ८३ हजार ६ सय ५२ जना संक्रमित भएकाे नयाँ तथ्याङक सार्वजनिक भएकाे छ ।

विश्व स्वास्थ्य संगठनले बिहीबार सार्वजनिक गरेकाे तथ्याङकअनुसार चीनमा ३ सय ३२ जना नयाँसहित ७८ हजार ९ सय ६१ जनामा संक्रमणकाे पुष्टि भइसकेकाे छ । त्यस्तै ४४ जना नयाँसहित चीनमा मात्र २ हजार ७ सय ९१ जनाकाे ज्यान गइसकेकाे छ ।

चीनभन्दा बाहिर ५ नयाँसहित ५१ देशका १ हजार २७ नयाँसहित ४ हजार ६ सय ९१ जनामा संक्रमणकाे पुष्टि भइसकेकाे छ । चीनभन्दा बाहिरका यी देशहरुमा हालसम्म १० नयाँसहित ६१ जनाले ज्यान गुमाइसकेका छन् ।

विश्व विश्व स्वास्थ्य संगठनका अनुसार चीन विश्वव्यापी तथा क्षेत्रीय रुपमा अति उच्च जाेखिममा रहेकाे छ भने याे राेग विस्तारै अरु देशमा पनि फैलङ्गदै गएकाले विश्वव्यापी रुपमै सबैले सतर्क भने रहनुपर्ने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय