भारतको पश्चिम बंगालमा एक व्यक्तिको मतदाता परिचयपत्रमा नाम, ठेगाना सबै सही छन् तर तस्वीर राख्नुपर्ने ठाउँमा कुकुरको फोटो राखिएको छ ।

कुकुरको फोटो भएका व्यक्ति सुनील करमाकर हुन् । उनी पश्चिम बंगालको मुर्शिदाबादमा बस्छन् । करमाकरले भारतको निर्वाचन आयोगविरुद्ध मानहानिको मुद्दा दायर गर्ने बताएका छन् ।

६४ वर्षीय करमाकरले भने, ‘आयोगका अधिकारीले मेरो मतदाता परिचयपत्रमा कुकुरको तस्वीर राखेछन् । मैले सुधारका लागि निवेदन दिएको थिएँ । तर उनीहरूले सुधार गरेनन् ।’
कर्मचारीहरूले जानीबुझी गल्ती गरेको करमाकरको भनाइ छ । यसले गर्दा आफ्नो सार्वजनिक बेइज्जती भएको र मजाक उडाइएको उनले बताए ।

आयोगका अधिकारीलाई यसबारेमा सोध्दा गल्ती कसरी भयो, थाहा नभएको बताए । तर करमाकरको मतदाता परिचयपत्रमा भएको गल्ती सुधारिएको अधिकारीको भनाइ छ ।

मुर्शिदाबादमा सुनील करमाकर मात्र नभई ८ लाख ३० हजार मानिसले मतदाता परिचयपत्रमा भएका गल्ती सुधार्न निवेदन दिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah