बलिउड अभिनेत्री सारा अली खानले हालैको दिनमा सामाजिक सञ्जालमा गरेको एक पोस्टको कडा आलोचना भइरहेको छ । माल्दिभ्समा छुट्टी मनाउन गएकी साराले भाइ इब्राहिम र आमा अमृता सिंहसँग तस्वीर खिचाएकी थिइन् ।
तस्वीरहरू शेयर गर्ने क्रममा साराले भाइसँग बिकिनी लगाएर खिचेको तस्वीर पनि अप्लोड गरिन् । भाइलाई जन्मदिनको शुभकामना दिँदै उनले बिकिनीयुक्त तस्वीर शेयर गरेकी हुन् ।
प्रशंसकहरूले भाइलाई जन्मदिनको शुभकामना दिन साराले अर्कै तस्वीर राख्नुपर्ने थियो भने । भाइसँग यस्तो अवस्थाको तस्वीर खिच्नु गलत भएको धेरै प्रयोगकर्ताको भनाइ छ । एकजनाले त ‘तिमीलाई लाज लाग्दैन’ समेत भनी टिप्पणी गरे ।
साराको हालै रिलिज भएको फिल्म लभ आज कल बक्स अफिसमा असफल भएको थियो । अब उनी वरुण धवनसँग कुली नम्बर १ फिल्ममा देखिनेछिन् ।




