
भारतको चण्डीगढमा आजकल एक भैंसीको ठूलो चर्चा भइरहेको छ । उक्त भैंसीको मूल्य सुनेर कतिपयको होश उडेको छ ।
मुर्रा नश्लको उक्त भैंसीको मूल्य अउडी कारको भन्दा पनि बढी रहेको बताइएको छ । उक्त भैंसीले दैनिक २९ लिटर दूध दिन्छ ।
भैंसीको मूल्य ५६ लाख भारू (करीब ९० लाख)बताइएको छ । उक्त क्षेत्रमा आयोजित दूग्ध प्रतियोगिता जितेको उक्त भैंसीले राष्ट्रिय रेकर्ड कायम गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उक्त भैसीको सम्मानमा पन्जाबका पूर्व मुख्यमन्त्रीसमेत पुगेका थिए । उनले ५१ हजारसहित भैंसीलाई सम्मानित गरे ।
गतवर्ष उक्त भैसीलाई ५६ लाख भारूमा किन्न दिल्लीबाट देवेन्द्र कोच पुगेका थिए । अहिले तिनै कोचले एउटा अउडी गाडीमा भैंसी साट्न अफर गरे । तर किसानले भैंसी बेच्न मानेका छैनन् ।




