मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)– अतिथिका रूपमा सम्मान पाइने समय छ,रमाइलो यात्राको समेत मौका छ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,महत्वाकांक्षी योजना फलीभूत होलान्,आजको शुभ अंक २ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुटन सक्छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,आजको शुभ अंक १० रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) – पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला,पारिवारिक जमघटमा मन रमाउनेछ,मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ,शत्रुहरू किनारा लाग्नेछन्,प्रतिस्पर्धामा पनि विजयी भइनेछ,आजको शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)– अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला,पढाइमा प्रगति हुनेछ, आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,आजको शुभ अंक ११ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – काम बिग्रने डरले पनि सताइरहनेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,परिवारमा आमाको सहयोगबाट काम सम्पादन हुन सक्छ,आजको शुभ अंक १० रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्,केही दण्ड–जरिवाना पनि सम्भावना छ,जिम्मेवारी भने बढिरहनेछन्,बाध्यतापूर्ण काममै समय बित्न सक्छ,आजको शुभ अंक ६ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)– आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला,ठूलै फाइदाको आश्वासन पनि पाइनेछ,तर यथार्थमा लाभ भने कमै मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)– वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,आजको शुभ अंक ७ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)– व्यवसायका लागि यात्रा सम्भावना छ,साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ, अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ,आजको शुभ अंक ४ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – धेरै लगानीपछि कममात्र फाइदा हुनेछ, समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला,मन पर्ने वस्त्र,व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, ठूला व्यक्तिबाट काममा बाधा हुनेछ,आजको शुभ अंक ९ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – भाग्य बलवान् भएकाले अरूको हातमा गइसकेको धन फिर्ता हुन सक्छ,व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ,व्यावसायिक यात्रा सम्भावना छ, आजको शुभ अंक १ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)– सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ, उत्साहमा अलि कमी आउला,स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला,धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,आजको शुभ अंक ८ रहेको छ। दिब्यज्योतिश बाट साभार गरिएको



