‘यहाँ बाल्टिनमा पानी, जग र साबुन राखिदिएको छु,’ घरमा आउनेलाई सुकमाया चौधरी भन्ने गर्छिन्, ‘पहिला हातखुट्टा र मुख धुनू, अनि भित्र पस्नू ।’

तीन दशकदेखिकी महिला स्वास्थ्य स्वयंसेविका मोरङको महेशपुरकी ५४ वर्षीया चौधरी पाहुनालाई मात्रै होइन, परिवार र छिमेकीलाई पनि साबुन–पानीले हातमुख धुन लगाएपछि मात्र घरभित्र जान दिन्छिन् । व्यक्तिगत सरसफाइको यो काइदा उनले सानी छँदा बुबाआमा र छरछिमेककाले गरेको देखेकी थिइन् । बस्ती बढ्दै जाँदा र सहरीकरणको हावाले छुँदै जाँदा यो चलन हराएको थियो । अहिले त्यही पुरानो चलन उनले कोरोना भाइरसविरुद्धको सतर्कतास्वरूप आफू जोगिन र अरूलाई पनि जोगाउन प्रयोगमा ल्याएकी छन् ।

‘ऊबेला घरको द्वारमा यसैगरी बाल्टिनभरि पानी र जग राख्ने चलन थियो, कतैबाट आउँदा हातखुट्टा तथा मुख पखालेर मात्र भित्र पस्थे,’ उनले भनिन्, ‘हाटबजारमा गइन्छ, दस ठाउँ टेकिन्छ, दस जनालाई भेटिन्छ, बाहिरका फोहोर र कीटाणु घरभित्र नपसुन् भनेर यसो गर्ने चलन थियो ।’

चौधरीका अनुसार बिर्सिसकेको पितापुर्खाको संस्कृतिलाई कोरोना भाइरसको त्रासले सम्झाएको छ । ‘आफ्नो स्वास्थ्यका छरछिमेकलाई यसैगरी द्वारमा एक डोल (बाल्टिन) पानी, जग, मग र साबुन राख्न लगाइरहेको छु,’ उनले भनिन्, ‘घर बाहिरै धारा र चापाकल भएकाले एउटा साबुन राखिदिए पुग्छ ।’

अहिलेसम्म कुनै पनि निकायबाट यसबारे बस्तीवासीले प्रशिक्षण र जानकारी नपाएको चौधरीले बताइन् । ‘सञ्चारमाध्यमबाट यो भाइरसबारे थाहा पाएको हुँ,’ उनले भनिन्, ‘जति मैले ज्ञान पाएकी छु, त्यसअनुसार गरिरहेकी छु । अरूलाई पनि गर्न लगाइरहेको छु, हातखुट्टा धोएर मात्र घर छिर्ने र ओछ्यानमा बस्ने सल्लाह दिइरहेको छु ।’

बस्तीमा कसैलाई रुघा, ज्वरो र झाडापखाला लागेमा अस्पताल पठाउने गरेकी छन् । ‘कोरोना भाइरसकै संक्रमण नभए पनि अहिलेको बेला रुघा लागेमा लापरबाही गर्नुहुन्न भनेर सम्झाउँछु,’ उनले भनिन् । बितेका दुई साताको अवधिमा उनले आफ्नो बस्तीमा सामान्य रुघा लागेका एक नाबालकसहित चार जनाले अस्पतालमा उपचारपछि निको भएर घर फर्केको बताइन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah