बि.सं.२०७६ चैत -९,आइतवार, इ.सं.२०२० मार्च -२२ , शक संवत-१९४१,नेपाल संवत-११४० चिल्लागा,परिधावी संवत्सर,उत्तरायण,ऋतु-वसन्त,चैत्र कृष्णपक्ष तिथि-त्रयोदशी , १०:२७ बजे उप्रान्त चतुर्दशी,नक्षत्र-शतभिषा , २२:३९ बजे उप्रान्त पूर्वभाद्रपदा,योग-साध्य , १३:३६ बजे उप्रान्त शुभ,करण – वणिज १०:२७ बजेदेखि भद्रा , २३:१८ बजे उप्रान्त नाग,चन्द्रराशि-कुम्भ,आनन्दादी योग-राक्षस, सूर्योदय-६:०८, सूर्यास्त- १८:१६ , दिनमान ३० घडी २० पला l पिशाच चतुर्दशी ( पाशाचह्रे पूजा )
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ,पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ,आजको शुभ अंक ८ रहेको छ ।
बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
रोकियाका कामहरु बन्ने छन्,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,मानसम्मानमा बृद्धि हुनेछ,आजको शुभ अंक १० रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,माता मनकामना लाई प्रथाना गर्नाले शुभ हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ , चोटपटकको सम्भावना छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,अर्थलाभका अवसर आउने छन्,आज कुनै अप्रत्याशित काम बन्ने योग छ,आजको शुभ अंक ७ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आर्थिक संकट पर्नेछ,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,बोलीमा विचार पुराउनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,महत्वपूर्ण काममा ध्यान दिनु होला,आजको शुभ अंक ९ रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,गौ माताको पुजा गर्नाले आजको दिन शुभ हुन्छ,पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ५ रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
परिवारमा खुशी छाउनेछ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोकियका कामहरु बन्ने छन्,रोजगारीको लागि आजको दिन राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ,स्वास्थ्यमा सुधार आउने छ, आजको शुभ अंक ५ रहेको छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मानसम्मानमा बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला, परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,टाढाको यात्रा सम्भावना छ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,आजको शुभ अंक ४ रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफन्त बाट धोका हुन् सक्छ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ,आजको शुभ अंक १ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,पठन–पाठनमा प्रगति हुनेछ, रोजगारीमा सफलता मिल्ने छ,आजको शुभ अंक २ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
चोटपटक को सम्भावना छ,पारिवारिक जीवन सामान्य रहने छ,आर्थिक समस्या पर्ने छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आजको शुभ अंक ४ रहेको छ । दिब्यज्योतिश बाट साभार



