चर्चित पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम नायिकामा डेब्यु गरेको फिल्मले हलमा प्रदर्शनताका खासै चर्चा तथा ब्यापारिक सफलता हात पार्न सकेको थिएन । गत वर्ष २०७५ को अशोज १२ गते सार्बजनिक प्रदर्शनमा आएको फिल्ममा एलिजा संग नव नायक समुन्द्र पन्डितले अनस्कृन रोमान्स गरेका छन् । ‘अनुराग’ मा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ ।
सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ । ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् ।



