बि.सं.२०७६ चैत २९,शनिवार, इ.सं.२०२० अप्रिल -११ ,शक संवत-१९४२,नेपाल संवत-११४० चौलागा,प्रमादी संवत्सर,उत्तरायण,ऋतु-वसन्त,वैशाख कृष्णपक्ष तिथि-चतुर्थी , २४:२२ बजे उप्रान्त पञ्चमी,नक्षत्र-अनुराधा , २५:२० बजे उप्रान्त ज्येष्ठा,योग-सिद्धि ६:५२ बजेदेखि व्यतीपात , २८:२१ बजे उप्रान्त परिघ,करण-वव १३:१३ बजेदेखि वालव , २४:२२ बजे उप्रान्त गर,चन्द्रराशि-वृश्चिक,आनन्दादी योग-अमृत,सूर्योदय-५:४५ ,सूर्यास्त-१८:२६,दिनमान ३१ घडी ४२ पला l
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – रोकियाका कामहरु बन्नेछ,श्रमबाट प्रशस्त धन लाभ हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,पठन–पाठनमा प्रगति हुनेछ, आजको शुभ अंक २ रहेको छ ।
बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –आज कुनै अप्रत्याशित काम बन्ने योग छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ,समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ , चोटपटकको सम्भावना छ,आजको शुभ अंक ७ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –व्यापार व्यवसाय मध्यम रहेको छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,पारीवारिक सहयोग बढ्ने छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,साझपख सुधार हुनेछ,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, चोटपटक को सम्भावना छ,पारिवारिक जीवन सामान्य रहने छ,आजको शुभ अंक ४ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –बैदेशिक यात्रा हुने सम्भावना छ,रोकियका कामहरु बन्ने छन् ,स्वास्थ्यमा सुधार आउने छ,परिवारमा खुशी छाउनेछ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ, आजको शुभ अंक ५ रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विश्वासको वातावरण बन्नेछ,आजको समय सामान्य छ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,माता मनकामना लाई प्रथाना गर्नाले शुभ हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –आर्थिक संकट पर्नेछ,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,आजको दिन तेती राम्रो छैन,बोलीमा विचार पुराउनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –उधोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,मानसम्मानमा बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,पारिवारिक जमघटमा मन रमाउनेछ,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ, चोटपटकको सम्भावना छ,जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, जिपारिवारिक किचलो हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,रोकियाका कामहरु बन्ने छन्,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,आजको शुभ अंक १० रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, आफन्त बाट धोका हुन् सक्छ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ,आजको शुभ अंक १ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,प्रेम गर्ने हरुको लागि शुभ हुनेछ,बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,टाढाको यात्रा सम्भावना छ, आजको शुभ अंक ४ रहेको छ । दिब्यज्योतिश बाट साभार



