मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )-बृहस्पतिको प्रभाव वर्षभरी कर्म स्थान र आय स्थानमा बस्ने हुँदा मनोवांछित शुभफल प्राप्त हुनेछ । महादशा आदिमा अनुकूल तथा कारक दशाको पालो चल्नेहरुलाई विशेष अभिष्ट सिद्धि एवं दिग्विजय प्राप्ति हुनेछ । विज्ञान र शोध विषयका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ, तर कार्तिक र पुष महिनामा विद्या र बुद्धिमा ह्रास आउनेछ । आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । आर्थिक र वैदेशिक क्षेत्रपनि सबल हुनेछ । स्वास प्रस्वासमा समस्या आउन सक्नेछ । टाउको तथा आँखाको समस्यापनि बढ्नसक्छ । घर-परिवारको स्वास्थ्यमा खर्च बढ्नेछ । ग्रहोपचारको उपाय पनि गरेको खण्डमा वेरोजगारीहरुलाई रोजगारी मिल्ने छ भने जागिरेको पदोन्नति हुने सम्भावना छ । शनि ग्रहले पनि शुभ फलनै दिनेछ,शिक्षा प्रतिस्पर्धामा राम्रो सफलता प्राप्त गर्नुका साथै, बाल सम्बन्धी चिन्ताहरुबाट पनि राहत पाउने देखिन्छ। नयाँ दम्पतीहरुका लागि, संतान प्राप्तिका लागि पनि शुभ योग रहनुका साथै विवाह वार्ता पनि सफल हुनेछ। अत्यधिक अस्थिरताको सामना गर्नुपरेता पनि, ब्यापार वर्गका लागि यो वर्ष निकै लाभदायक रहनेछ। अत: समग्रमा यो वर्ष राम्रो छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )- वर्षको मध्यसम्म अड्चन एवं संघर्षको सामना गर्नपर्ने देखिन्छ । बृहस्पति र शनिको प्रभावले वर्ष भरिनै आफ्नो अनुकूलताको फल मिल्नेछ ।कर्मयोगीहरुलाई आकस्मिक लाभ मिल्ने छ । परिश्रमबाट गरिने कामहरुमा सफलता मिल्ने छ । वर्षको मध्यपछि थप शुभ लक्षणहरू देखिने छन् । जागिर, व्यवसाय, उद्यम आदिमा सफलता बढ्ने छ ।जग्गा जमीन र मेसेनरी वस्तुमा गरेको लगनीले सफलता नमिल्न सक्छ । शनि कमजोर भएकाले अनावस्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ ।घर परिवारमा हुने शुभ तथा मांगलिक कार्यले विग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ, तर प्रेम सम्बन्धलाई परिवारले समर्थन गर्न गाह्रै पर्ला । आफन्तसंग पनि मन मुटाव बढ्न सक्नेछ । कैयौं वर्ष देखि नउठेको पैसा पनि यो वर्ष उठ्ने सम्भावना रहेको छ। तपाईंको निर्णय र तपाईंले गरेका कार्यहरूको सबैले कदर गर्नेछन्। सामाजिक तथा धार्मिक कामहरुमा मन जानुका साथै सामाजिक जिम्मेवारीहरु पनि राम्रोसँग निभाउने देखिन्छ। यस वर्ष सरकारी कामहरुमा पनि सफलता प्राप्त गर्ने देखिन्छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )- निकै सावधानी अप्नाएर चल्नुपर्ने जरुरी भने देखिन्छ । वर्षको सुरुमा र अन्त्यमा केही कठीन परिस्थितिको सामना गर्नुपरेपनि मध्यभागमा रोकिएका अधूरा कार्यले पूर्णता पाउनेछ । केहीहद्सम्म व्यापार व्यवसायादिमा प्रगति हुनेछ । तपाईंको राशिबाट बृहस्पति अष्टम भावमा रहनाले विद्या र बुद्धिको नाश हुनुका साथै ऋण, रोग र कर्म क्षेत्रपनि निर्बल रहनेछ । ग्रहको अवरोधसमेत रहेकोले सोको भने ग्रह उपाचरको उपाय अवलम्बन गरी अघि बढेको खण्डमा अपेक्षित कार्यमा सफलता पाउन सहज हुनेछ।पढाई-लेखईको लागि विदेश जाने योग छ साथै विद्या र बुद्धिको विकाश हुनेछ ।अदालतको मुद्दालाई भने बाहिरनै आपसी सम्झौता गरेमा उत्तम साबित हुनेछ। यस वर्ष, झगडा र विवादबाट टाढै रहनुहोला। सवारी साधन चलाउदा निकै सावधानी अपनाउनुका साथै कार्यस्थलमा षडयन्त्रको शिकार हुनबाट बच्नुपर्ने देखिन्छ। स्वास्थ्य संबन्धि केहि समस्याहरुको सामना गर्नुपर्ला।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )-महत्त्वपूर्ण कामकार्यहरुमा रोकावट आउने छ भने व्यवसाय, पेशा एवं उद्यम तथा कर्मक्षेत्रबाट अल्पलाभ र उपलब्धिले चित्त बुझाउनु पर्नेछ । वर्षको प्रारम्भमा सप्तम भवमा बृहस्पतिले गोचर गर्नेछ, उक्त समयमा मांगलिक कार्य र शुभाफल प्रदान गर्नेछ । कतिपय दाम्पत्य सम्बन्धमा कष्ट एवं शंकाआशंका उब्जनसक्ने सम्भावना छ । आँटेको र ताकेको काम पूरा हुनेछ, कपटप्रेम तथा विवाह आदिमा कुटिल चालको षड्यन्त्रमा परिनसक्ने भय छ ख्याल गर्नुहोला । शनि कमजोर हुनेहरू लाई भने उतार चडाव हुनेछ, वादविवाद र अन्तिम समयमा काम नबन्न सक्छ ।प्रेम र मित्रताको बन्धनमा विवाद उत्पन्न हुन सक्छ र पारिवारिक मन मुटाव बढ्ला । दाम्पत्य जीवनमापनि मतभेद बढ्ने सम्भावना रहेकोछ ।व्यर्थ भागदौडको सामना गर्नुपर्ने देखिन्छ। बन्ने कामहरुमा पनि केहि अवरोधहरु देखा पर्न सक्छ। यस वर्ष, ब्यापारिक यात्राबाट पनि कुनै लाभ हुने देखिदैन। आफ्नो स्वास्थ्यमा निकै ध्यान दिनुहोला। गोप्य शत्रुहरूबाट बच्नुहोला। केहि नयाँ काम सुरु गर्ने सोचमा हुनुहुन्छ भने, निकै सोच-विचार गरेर मात्रै लगानी गर्नुहोला।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )-यो वर्ष केही पक्षमा फापकर देखिएको छ । २०७७ सालमा वर्षको अधिकांश समय वृहस्पति पंचम भावमा रहने हुँदा इच्छा र आकांक्षाहरू पूरा हुनेछ ।पुरुषार्थपूर्वक केही कामहरु सम्पन्न गर्नसकिने छ । उद्योग व्यापार एवं व्यवसाय फस्टाउने छ भने नोकरीमा पदोन्नति हुनेछ । राहुलेपनि राम्रै फल दिनेछ, समाजमा ईज्जत तथा प्रतिष्ठा बढेर जानेछ । वर्षको पूर्वार्धमा केही संघर्षको बाबजुत शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ ।शनिले भने विदेशमा रहनेहरूको लागि प्रगति नै गराउनेछ । घर परिवारमा मंगल कार्यको अवसर जुर्नेछ, तर वर्षको उत्तरार्धमा अग्नि र चोरको भय भने रहिरहनेछ । हात गोडामा चोटलाग्न सक्छ । ग्यासटिक रोगले सताउन सक्छ, अत: स्वास्थ्यमा खर्च बढ्नेछ । खानपिनमा र यात्रा गर्दा सतर्कता अपनाउन बढी आवस्यक छ । गोप्य शत्रुहरूबाट जोगिनु पर्ला। आर्थिक संकट आउन सक्ला। यसका लागि अहिलेदेखिनै सावधान रहनुहोला र व्यर्थ खर्छबाट बच्नुहोला। विवादित मामिलाहरूलाई वेवास्ता गर्नुहोला। ऊर्जावान र उत्साहित महसुस गर्नाले, कहिलेकाँही चाँडै निर्णय लिन सक्नुहुन्छ, ध्यान पुर्याउनुहोला।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )-विगतको तुलनामा अनुकूलताको मात्रा बढेको छ । शत्रु पक्ष सबल हुनेछन् र नजीकका व्यक्तिसंग वादविवाद तथा दूरी बढ्न सक्छ, तर आर्थिक पक्ष भने सबल रहनेछ ।केही हद्सम्म पारिवारिक व्यवस्थामा सुधार आउने छ । रपनि समझदारीको प्रयत्न पनि जारी नै राख्नुपर्ने छ । मानसिक चिन्ता बढाउने र मनमा अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ । वर्षको पूवखण्डमा साथसंगति व्यवहारमा चनाखो हुन जरुरी नै पर्ने देखिन्छ । शनि कमजोर भएका व्यक्तीलाई श्रावण २१ देखि मंसिर १ गते सम्म अढैयाशनिको प्रभावले नराम्रा एवं दुखद् समचार सुन्नमा आउन सक्छ । दाम्पत्य जीवनमापनि मत भेद बढ़्न सक्छ, हड्डी तथा आँखा र कानको समस्या बढ्न सक्छ र दिर्घकालीन औषधको सम्भावना रहनेछ । पैसाको लेनदेन गर्दा निकै सावधानी अपनाउनुहोला। दिईएको ऋण चाँडै फिर्ता नआउने योग रहेको हुदाँ, ऋण दिन इच्छुक हुनुहुन्छ भने, असोज पछि मात्रै लेनदेन गर्नुहोला। सन्तान सम्बन्धि चिन्ताले सताउन सक्ला। केहि समयका लागि, विवाहसँग सम्बन्धित मामिलामा ढिलाइ हुनुका साथै, दैनिक व्यवसायमा पनि गिरावट आउने देखिन्छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )-धेरै आशा अपेक्षा, ईच्छा तथा आसक्ति गरेको काम भने प्रभावित हुनेछ । न्यायीक कार्यमा सफलता मिल्नेछ भने, तर पैतृक सम्पत्तीमा बिवाद भने बढ्नेछ । अप्रत्यासित परिणाम दिने खालको रहेको छ । तसर्थ निस्कामयोग सिद्धान्तलाई आत्मसात गर्दै लाभ एवं उपलब्धिको चाहना गर्नुभन्दा पनि गुणदोषको मान्यताभन्दा माथि उठेर आफ्नो कर्तव्यको पालना गर्ने निष्ठा बनाउनु पर्ला । जन्म कुण्डलीमा शनिग्रह कमजोर हुने हरूले श्रावण २१ गते सम्म र मंसिर १ गतेपछि अढैयाशनिको प्रभावले नराम्रा समचार सुन्नमा आउने र मानसिक चिन्ता पनि बढ्न सक्छ ।आफन्त संगको आर्थिक लेनदेनको कारणले दूरी बढ्न सक्छ ।विज्ञान र स्वस्थ क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउनेछन् ।पेटमा र स्वास प्रस्वासमा समस्या देखिन सक्छ, तर पुराना रोगहरू विस्तारै सुधार उन्मुख हुनेछन् । परिवारका सदस्यका स्वास्थ्यमा भने केहि समस्याहरु देखा पर्नाले मन बिचलित रहनेछ। चोरीको योग रहेको हुदा, यात्रा गर्दा आफ्नो सामानको सुरक्षा आफै गर्नुहोला। असार मसान्तसम्म, पारिवारिक कलह र मानसिक अशान्तिको सामना गर्नुपर्ने देखिन्छ। यात्राको पूरा आनन्द प्राप्त गर्नुका साथै, यात्रामा अत्याधिक खर्च हुने देखिन्छ। अनीति र अन्यायको सिकार हुनसक्ने योग रहेको हुदा बुद्धिविवेकले काम लिनुपर्नेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )-समय एवं अवसरको सदुपयोग गर्नेहरुले थातिरहेका कामहरू पूरा गर्न सकिने छ भने नयाँ र दीर्घकालिन कार्यको थालनी हुनसक्ने छ । श्रावण २१ गतेदेखि मंसिर १ गते सम्म शनिको अन्त्य साढेसाती रहेको कारण जन्म कुण्डलीमा शनि कमजोर रहने जातकहरूलाई गरेको कार्यमा उल्झन तथा काम बिग्रने समस्या हुन सक्ने र चोटपटकको भयपनि रहनेछ,मान ईज्जत तथा प्रतिष्ठाको विकास हुनेछ भने कमजोर भएको सम्बन्ध सप्रिने छ। बृहस्पतिग्रह राम्रो हुनेहरू कालगी विद्या र बुद्धिको विकाश हुने र चमत्कारी ढंगले सफलता दिलाउनेछ । सामाजिक र वैदेशिक क्षेत्रमा प्रभूत्व जमाउनपनि सकिनेछ । आर्थिक दृष्टिले बैशाख, भदौ, कात्तिक र फागुन महिनामा बढी सफलता मिल्नेछ । स्वास्थ्यमा उतार चढाव हुनेछ । नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नु पर्ला, त्यसैले खानपिनमा विशेष ख्याल गर्नु पर्छ र सतर्कता अपनाउनु पर्छ । कार्यस्थलमा तपाईको बिरूद्ध षडयन्त्रहरू रच्ने योग रहेको हुदा, निकै सावधानी अपनाउनुपर्ने देखिन्छ। परिवारमा दाजु-भाइहरुसंग मतभेद हुने योग रहेको हुदा, झैँ-झगडाबाट टाढै रहनुहोला। अत्याधिक उत्साहका साथ केहि नसोची निर्णय लिदा सामाजिक विरोधको सामना गर्नुपर्ला।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )-अलमल एवं केही संघर्षको बाबजुत वर्षको शुरुमा तसै उपलब्धिमूलक रहने छ । राहु, शनि र वृहस्पतिले शुभ-अशुभ मिश्रित फल दिनेछ । शुरुका दिनमा फजुलको यात्रा पनि अल्लि बढी नै हुने सम्भावना देखिन्छ । विद्वतता एवं आत्मप्रसंशाको मनोविज्ञानले डेरा जमाउनाले कतैकतै मुल्याङ्कनमा गिरावट आउनस पनि सक्ने छ । शनिको मध्य र अन्त्य साढेसातिको प्रभाव वर्षभरिनै रहनाले उक्त समयमा कमजोर शनि रहने जातकहरूलाई भने बढी संघर्षमय रहनेछ । जन्म कुण्डलीमा यदि शनिराम्रो पोजिसनमा भए शनिदेवले उच्च पद, प्रतिष्ठा र शुभ फल दिनेछन् । पुरानो र नयाँ सम्बन्धमा मनमुटाव बढ्न सक्छ र आफन्तलेपनी सहयोग गर्ने छैनन् ।विदेशिएका विद्यार्थीहरूले भने स्वदेश भन्दा बढी सफलता हाँसिल गर्नेछन् । ज्वरो आउने र चोटपटकको भयपनि उत्तिकै रहनेछ । ग्यासटिकको समस्या बढ्न सक्छ त्यसैले खनपिनमा ध्यान दिनु र व्यायाम गर्नु हितकर हुन्छ । सन्तान सम्बन्धि चिन्ताबाट मुक्त मिल्नुका साथै सन्तान प्राप्ति तथा प्रादुर्भावको पनि योग रहेको छ। धर्म-कर्म तथा सामाजिक कार्यका मामिलाहरुमा भाग लिने देखिन्छ। भाद्र मसान्तमा राहु र केतुको राशि परिवर्तनका कारण, शत्रुहरु शक्रिय हुनेछन् । त्यस समय, झगडाबाट जोगिनुहोला। यस वर्ष, विवाह सम्बन्धी वार्ताहरू भने सफल रहने देखिन्छ। यदि प्रेम विवाह गर्न चाहनुहुन्छ भने, यो वर्ष निकै शुभ हुनेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )-त्याग, दान,तीर्थव्रत, परोपकार,निस्काम कर्मयोगको लागि अनुकूल रहने छ । वर्ष भरीनै गोचर गर्ने राहु र शनिको कारणले वैदेशिक कार्य राम्रो हुनेछ, तर स्वदेसको कमाईले व्यवहार धान्न गारो पर्ला । जश तथा सम्मान पाउने आशा अपेक्षा राख्नुभन्दा सोभन्दा माथि उठेर स्वधर्मको पालना गर्दै कर्तव्र्य निर्वाह गर्नु उचित हुनेछ। कसै कसैलाई अकस्मात सफलता मिल्ने र भाग्यमा बृद्धि हुनेछ । शैक्षिक क्षेत्रमा गरेको लगानीबाटपनि राम्रो प्रतिफल पाईनेछ । खाद्यान्न र कृषि व्यवसायबाट नोक्सानी हुन सक्छ । शनि कमजोर रहने हरूलाई वर्षभरिनै शनिको आद्य र मध्य साढेसातिको प्रभावले गरेको कार्यमा ढिलासुस्ती हुने र चोटपटकको भए रहनेछ । नशाको समस्यापनि बढ्न सक्छ र औषधि उपचारमा खर्च बढ्नेछ । नाक, कान तथा घाँटीमा समस्या आउला ।वैदेशिक रोजगारमा जानेहरू लाई भने त्यति राम्रो हुनेछैन ।यो वर्ष खासै अनुकूल देखिएको छैन । स्वास्थ्यको हिसाबले भने केही अशुभ रहने देखिने हुदा यात्रा गर्दा निकै ध्यान पुर्याउनुहोला, दुर्घटनाबाट बच्नुहोला र जोर्नीको दुखाईको रोगबाट पनि बच्नुहोला। सामान चोरी हुने योग रहेको हुदा, यात्रा गर्दा निकै सावधानी अपनाउनुपर्ने देखिन्छ। काम व्यवसाय बारे सचेत रहनुका साथै ऋण दिनुअघि निकै विचार पुर्याउनुहोला। चिढचिढापन पनि महसुस गर्न सक्ला।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )-जनव्यवहार एवं कार्यक्षेत्रमा निकै सावधानी अप्नाउनु पर्ने गोचरग्रहको अवस्था देखिएको छ । इच्छा र शौक बढेर जानेछ । व्यवसायीक सन्दर्भमा नयाँ व्यक्ति र नयाँ कम्पनीसंग आवद्ध भइनेछ र वैदेशिक यात्रा हुनेछ, व्यापार व्यवसाय, उद्यम, पेशाकर्म आदिबाट केहीदह्सम्म लाभ गर्न सकिने छ। नजीकका व्यक्ति र वन्धु वान्धवसंगको सम्बन्धमा नचाहाँदा नचाहाँदै चिसोपना आउनसक्छ । खानेकुरा, तरल पदार्थ र शेयर बजारको कारोवार त्यति राम्रो रहने छैन । साना तिना चोट- पटकको भय रहनेछ । सन्ततिको औषध उपचारमा खर्च बढ्नेछ । आँखा र कानको समस्या पनि बढ्न सक्छ, अत: आफ्नो स्वास्थ्यप्रति सतर्कता अपनाउनु होला । शनिको आद्य साढेसातिको प्रभावले अप्रिय समचार सुन्न बाध्य बनाउने र मानसिक चिन्ता पनि बढाउन सक्छ । शुरुका तीनचार महिना केही पक्षमा अनुकूल देखिएको छ । कडा संघर्ष पछि मात्र वित्तीय लाभ प्राप्त गर्नेछन्। परिणाम स्वरुप, यस वर्ष आर्थिक संकटको पनि सामना गर्नुपर्ला। यस वर्ष निकै सावधानी अपनाउनु पर्ने देखिन्छ। आफ्नो जिम्मेवारी निभाउन कठिन् महसुस होला, धैर्यका साथ काम गर्नुहोला। पारिवारिक कलहको साथै स्वास्थ्यमा पनि केहि समस्याहरु देखापर्ला। यस वर्ष प्रत्येक कार्य वा निर्णय लिदा होसियारीका साथ लिनुहोला।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )-वर्षको शुरुमा उपलब्धिको साथसाथमा तनाब आक्रोश र खतिक्षति पनि हुनसक्ने देखिएको छ । अधूरा कामहरू पूरा हुने, नयाँ कार्यको योजना बन्नेछ र बिस्तारै सफलतापनि पाईनेछ । धार्मिक र सेवामूलक कार्यमा मन जानेछ । मालसमान हराउनसक्ने संभावना पनि देखिएको छ ख्याल गर्नुहोला । असार साउनतिर कर्मक्षेत्रमा अप्रत्यक्ष रोकावट एवं आर्थिक मन्दिको सामना गर्नुपर्ने छ । भौतिक सम्पत्तिमा बढोत्तरी हुनेछ । वृहस्पतिले राज्यबाट मान सम्मान दिलाउने र मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । घर जग्गा तथा दलाली व्यवासायीलाई मनग्य फाइदा होला ।व्ययवस्थापन र वाणिज्य विषयका विद्यार्थीहरूलाई विशेष लाभ मिल्नेछ । शैक्षिक क्षेत्र र वाहनमा लगानी गर्नेहरू सचेत रहनुहोला । बाटो हिड्दा, यात्रा गर्दा वा गाडी चलाउँदा चोटपटकको भय छ, अत: होस पुर्याउनु होला । शरीरले दु:ख पाउने र मनमा निराशा छाउन सक्छ ।नराम्रो संगतबाट टाढै रहनुहोला। स्वास्थ्यको दृष्टिबाट भने केही प्रतिकूल प्रभाव पर्न सक्ने हुदा, सावधान रहनुहोला। अत्यधिक ऊर्जावान र उत्साहित भएको फलस्वरूप आफ्नो जिद्द र आवेशलाई नियन्त्रणमा राखी काम गर्नु होला । वर्ष मिश्रित रहने छ । दिब्य ज्योतिष बाट साभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah