काठमाडौं, २४ भदौ । हास्यकलाकारको काम हो हँसाउने । उनीहरुले हँसाउँछन् पनि । तर हँसाउने हास्यकलाकारहरुलाई दर्शकले धेरै माया गरेपछि रुन थाल्दा रहेछन् । यस्तै दृश्य देख्खियो शुक्रबार ।
हास्यकलाकारहरु नायक बनेर बनाएको चलचित्र ‘६ एकान ६’ तथा ‘वडा नम्बर ६’ पछि त्यही टिमले निर्माण गरेको अर्को चलचित्र ‘छक्का पञ्जा’ शुक्रबारबाट देशव्यापी रूपमा सार्वजनिक भएको छ ।
पहिलेका दुई सफल चलचित्रमा झैं यसमा पनि चर्चित हास्यकलाकारहरू नै नायकको भूमिकामा छन् । दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे तथा शिवहरि पौडेल चलचित्र ‘छक्का पञ्जा’ का नायक हुन् । नायिका दीपाश्री निरौलाले पहिलो पटक निर्देशन गरेको यो चलचित्रको निर्मातामा पनि उनीहरूकै नाम छ । यसअघि दुई सफल चलचित्र बनाइसकेकाले ‘छक्का पञ्जा’बाट दर्शकले निकै आशा गरेका छन् ।
चलचित्रमा निर्देशक दीपाश्रीले देशको अवस्थाबाट आजित भएर वैदेशिक रोजगारीमा जाने युवाहरूको कथालाई मार्मिक ढंगबाट प्रस्तुत गरेकी छिन् । हास्यकलाकारहरू नै नायक भएपछि हास्यदृश्य त हुने नै भए । त्यसबाहेक चलचित्र ‘छक्का पञ्जा’का गीत पनि लोकप्रिय भैसकेका छन् । चलचित्र ‘छक्का पञ्जा’मा पुरुषोत्तम प्रधानको छायांकन तथा विपिन मल्लको सम्पादन छ ।
ट्रेलर :





