नुवाकोटको लिखु गाउँ पालिका–१ खानीगाउँ ढिककुरेमा बम विष्फोट भएको छ । इलाका प्रहरी कार्यालय ढिकुरे नजिकै अज्ञात समूहले ग्याँस सिलिण्डर बम विष्फोट गराएको हो । इलाका प्रहरी कार्यालय ढिकुरे र मानब बस्तीभन्दा दुई सय मिटरको दूरीमा रहेको धानखेतमा खाना पकाउने ग्याँस सिलिण्डरलाई बम बनाएर विष्फोट गराएको नुवाकोट प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले बताए ।
आइतबार हुन लागेको स्थानीय तहको निर्वाचनलाई लिएर नारायणीदेवी माध्यामिक विद्यालय परिसरमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच विवाद भइरहेको थियो ।
विवाद व्यवस्थापनमा सुरक्षाकर्मी लागेको मौका मिलाएर अज्ञात समूहले सिलिण्डर बम पड्काएको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



