काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्यकर्मीको मनोबल बढाउने कार्य राज्यबाट हुनु आवश्यक रहेको बताएका छन्।
सरकारले भाइरस रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई स्पष्टिकरण सोधेपछि चौतर्फी विरोध भइरहेका बेला पूर्वराजा शाहले मनोबल गिराउने नभई उच्च राख्ने कार्य राज्यबाट हुनुपर्ने बताएका हुन्।
आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट पूर्वराजा शाहले संकटका बेला अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी हतोत्साहित भए त्यसको परिणाम साधारण नागरिकले भोग्नुपर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
स्वास्थ्य संकटको यस विकट घडीमा अग्रपंक्तिमा रहेर हरदम नागरिकको सेवामा जुटेका विशेषज्ञ डाक्टरहरु वा अन्य सहयोगी स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने कार्य राज्यबाट हुनु अति आवश्यक छ; न कि कुनै बहानामा मनोबल गिराउने काम । यसको नकारात्मक असर साधारण नागरिककले भोग्नु पर्ने हुनसक्छ ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) April 18, 2020



