रुसको पिटर्सबर्गमा मादक पदार्थ सेवन गरेर कार चलाउने व्यक्तिले गाडीलाई नदीको डिलमा लगेर झुण्ड्याएका छन् ।

प्रहरीले उनको गाडीलाई पछ्याएपछि भाग्ने क्रममा उनले नदीतिर गाडी लगेका हुन् । घटनाको दृश्य सीसीटीभीमा कैद भएको छ ।

भिडियोमा देखिन्छ, द्रुत गतिमा आएको हुन्डे सोलारिस कार मोइका नदीको सानो पुलतिर जाँदै थियो । खासमा त्यो पुल पैदलयात्रीका लागि मात्र उपयोग गर्न मिल्ने साँघुरो थियो ।

त्यो थाहा पाएपछि उनले अन्तिम क्षणमा गाडी फनक्क घुमाए अनि नदीको किनारमा राखिएको रेलिङमा जोत्न पुगे ।

सौभाग्यवश, रेलिङ तत्कालै नभत्केपछि कार छेउमा झुण्डिरह्यो । कार चिसो पानीमा खसेको भए चालक डुब्ने सम्भावना रहन्थ्यो । पिछा गरिरहेका प्रहरीका गश्ती कारहरू घटनास्थलमा पुगे अनि अधिकारीहरूले चालकलाई गाडीबाट बाहिर निकाले ।

घटनामा कसैलाई पनि चोटपटक नलागेको र चालक मदिराले टिल्ल भएको प्रहरीको भनाइ छ ।

स्थानीय पत्रिका फोनटांकाका अनुसार, सेन्ट पिटर्सबर्गको मध्यभागमा गाडी अत्यन्तै तीव्र गतिमा गुडाइएको देखेपछि प्रहरीको ध्यान आकर्षित भएको थियो । चेकिङका लागि रोक्न खोज्दा चालकले गाडी दौडाए अनि प्रहरीले उसको पिछा गर्‍यो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah