सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित कैलालीको लम्कीका एक युवा आइतवार घर फर्किएका छन् । अस्पतालले डिस्चार्ज गरेपछि लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक १६ दिन अस्पताल बसाइपछि घर फर्किएका हुन् ।

उनलाई सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्री कृष्णराज सुबेदी र अस्पतालका डाक्टरहरुले फूल दिएर बिदा गरेका छन् ।

एम्बुलेन्स चढेर उनी अस्पतालबाट घर गएका छन् । भारतबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले जानकारी दिए ।

सेती प्रादेशिक अस्पतालमा अझै ४ जना संक्रमित विरामीहरुको उपचार जारी रहेको छ । उनीहरुको अवस्था सामान्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah