वि.सं. २०७७ वैशाख -९,मंगलवार,ई.सं.२०२० अप्रिल -२१, शक संवत्-१९४२,नेपाल संवत्-११४० चौलागा,प्रमादी संवत्सर,उत्तरायण,ऋतु-वसन्त,वैशाख कृष्णपक्ष तिथि-चतुर्दशी , २९:४१ बजे उप्रान्त औंसी,नक्षत्र-उत्तरभाद्रपदा , १०:५२ बजे उप्रान्त रेवती,योग-वैधृति , २१:५८ बजे उप्रान्त विष्कम्भ,करण-भद्रा १६:३९ बजेदेखि शकुनि , २९:४१ बजे उप्रान्त नाग,चन्द्रराशि-मीन,आनन्दादि योग-सिद्धि, सूर्योदय- ०५:३५,सूर्यास्त-१८:३१,दिनमान-३२ घडी २० पला ल पञ्चक। मातातिचह्रे पूजा।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,व्यापार व्यवसाय मध्यम रहेको छ,गणेश भगवानको पुजा गर्नाले शुभ हुन्छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,आजको शुभ अंक ५ रहेको छ ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –रोकियाका कामहरु बन्नेछ,श्रमबाट प्रशस्त धन लाभ हुनेछ,पठन–पाठनमा प्रगति हुनेछ,रोजगारीमा सफलता मिल्ने छ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,आजको शुभ अंक २ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –पारिवारिक जीवनमा मतभेत रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ, समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ ,चोटपटकको सम्भावना छ,आजको शुभ अंक ७ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –अर्थलाभका अवसर आउने छन्,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोकियका कामहरु बन्ने छन् ,स्वास्थ्यमा सुधार आउने छ,रोजगारीमा समस्या आउने छ, आजको शुभ अंक ५ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आफन्त बाट धोका हुन् सक्छ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, आजको शुभ अंक १ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ ,प्रेम गर्ने हरुको लागि शुभ हुनेछ , शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –महत्वपूर्ण काममा ध्यान दिनु होला,आजको दिन तेती राम्रो छैन,बोलीमा विचार पुराउनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –पारिवारिक जमघटमा मन रमाउनेछ,उधोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, चोटपटक को सम्भावना छ,पारिवारिक जीवन सामान्य रहने छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,साझपख सुधार हुनेछ,आजको सुभ अंक ४ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ, चोटपटकको सम्भावना छ,आजको शुभ अंक ८ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –विश्वासको वातावरण बन्नेछ,विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको समय सामान्य छ ,आजको सुभ अंक ८ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –सहयोगीहरूले काममा साथ दिनेछन्,रोकियाका कामहरु बन्ने छन्, बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,आजको शुभ अंक १० रहेको छ । दिब्यज्योतिष बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah